kbs
अदना कविको सपना
अस्वस्थ कल्पनाले मानिस पागल बन्छ स्वस्थ कल्पनाले बन्छ कवि” महाकवि लक्ष्मीप्रसाद देवकोटाको यही वाक्य मनमा खेलाइरहन्छन् उनी। कविता लेखेपछि कवि हुइन्छ अनि सबैले मान्छन् भन्ने उनको विश्वास छ।
अरुको कविता उति त्यति मन पराँउदैनथे र पढ्दैनथे पनि। धेरै पढ्नु समयको बर्बादी गर्नु मात्रै थियो उनको दृष्टिमा। त्यसैले उनका कविता सधैँ मौलिक हुन्थे। सामान्य शिक्षा लिएपछि अरुको काव्य, रचना, दर्शन आदि अध्ययन गर्ने दुर्व्यसनतिर उनको रुचि गएन।
गणित
भूकम्पग्रस्त क्षेत्रको निरीक्षण गर्न जान लागेको ठूलो हाकिमले आफ्नो सहायकसँग भन्यो, “तपाईँलाई थाहै छ म भोलि उत्तरकाशी जादैछु । त्यहा निक्कै जाडो हुन्छ भन्ने सुनेको छु । भूकम्प पीडितहरूको लागि छुट्याइएको बजेटमा अझै दश हजार रूपैया बाकी छ । त्यही रकमबाट मेरो लागि उनीको टोपी, पंजा, कालो चस्मा, ज्याकेट, स्लिपिङ्ब्याग, र खाने कुरा तातो राख्ने कैसेरोलको सेट किन्नुस् है ।”
मानसिक रोग
नेपालप्रसाद बिरामीले इन्तु न चिन्तु भएको धेरै वर्ष भयो। उसलाई डाक्टरहरूकामा लगेर स्वास्थ्य परीक्षण गर्न लगाइयो। परीक्षणमा कुनै रोग नदेखिएकोले उसलाई पूर्ण स्वस्थ घोषणा गरियो। तर उनी तङ्ग्रिनुको सट्टा झन्झन् दब्लाउँदै गए। शारीरिक र भौतिकरूपमा कुनै रोग नदेखिएपछि अन्ततः उनलाई मानसिक अस्पतालमा लगियो। त्यहाँ उसका बारेमा सबै कुरा सुनिसकेपछि डाक्टरले सोधे, “गोपालप्रसाद रिमाल पनि एक समय यस्तै भएका थिए। कतै तपाईं पनि खाँट्टी राष्ट्रवादी त होइन?”
दुःखको पहाड
ऊ असाध्यै सोझो थियो। छक्कापञ्जा केही गर्न पनि जान्दैनथ्यो। अति मेहनती र परिश्रमी थियो। देशमा गरीखान अनुकूल समय नभएकोले गाउँका उसका साथी भाइहरू रिन काढेर भए पनि अरब मुलुकतिर हानिएका थिए।
आफ्नै आँखासामुन्ने घरखेत बन्धकी राखेर गएकाहरू एक दुई वर्षमै घरखेत निखनी ठाँटका लाहुरे भएका देख्ता उसलाई पनि अरब जाने सकसकीले सतायो। रिन काढेरै भए पनि अरब जाने निश्चय गर्यो।
मृत्युशय्यामा युधिष्ठिर
-यो कथा इतिहासमा कतै पनि लेखिएको छैन । तर, यसका पात्रहरु अझै पनि जीवित छन् । दुर्भाग्य ! तिनीहरु यस कथाको सत्यताको साक्षी बस्न तयार छैनन् । त्यसैले यो कथा अविश्वसनीय लाग्न सक्छ । तर पनि म तपाईं आदरणीय पाठकहरुलाई विश्वास दिलाउन चाहन्छु कि यो कथा यसमा उल्लिखित युधिष्ठिरका निकटस्थ व्यक्तिले दिएको सूचनामा आधारित छ । मलाई यसरी सूचना उपलब्ध गराउने व्यक्ति त्यसो त युधिष्ठिरका आफन्त नै हुन् तर उनी दुर्योधनका निकटस्थ मानिन्थे ।
अग्निशिखासंग हारेको मृत्यु
अस्तिको दिनमात्र ठमेलतिर लम्कदै गर्दा थहिटीको मूलसडकको एउटा अग्लो घरतिर आखा पुग्यो । त्यो घरलाई देख्नासाथ म एकछिन टक्क रोकिए“ । मेरो स्मृतिपटलमा र्सर्रर पुराना दिन सिनेमाको रिलझैं घुमे । थ“हिटी, क्वाबहालको त्यो अग्लो घरको सबभन्दा माथिल्लो तलामा ०३४ भन्दा अघिदेखि नै रामेशदाइ बस्नुहुन्थ्यो । त्यसबेला रामेशदाइको त्यो कोठा साहित्यिक र सांस्कृतिक गतिविधिको एउटा केन्द्रजस्तै थियो । त्यो कोठामा रामेश, मञ्जुल, म, अग्निशिखा -शुकदेव नेपाल), मोहन श्रेष्ठ, तर्ीथ नेउपाने, सुन्दर जोशी, श्याम तमोट, हिमाञ्चल भट्टर्राई लगायत थुप्रै साथी नियमित जम्मा हुन्थ्यौं ।
मायादेवी सुब्बा
मायादेवी सुब्बा नेपाली साहित्यमा लामो र छोटो कथा बुन्न सिपालु शिल्पीको नाउँ हो । उनी नारीका लागि अप्ठ्यारोे मानिने त्यस समयमा पनि नेपाली भाषासाहित्यको आन्दोलनमा लागिन् । वास्तवमा त्यस घडी नारीलाई कविलेखक भएर हिँड्न त्यति सहज परिस्थिति थिएन । तर उनी आफ्नो रुचिमा दौडँदै हिँडिन् । अथवा भनूँ; त्यस बेला आफ्नो सृजनात्मक प्रतिभा पोख्न उनी सक्रिय भइरहिन् । बाल्यकालमा नै उनी कवितालेखनमा आकृष्ट थिइन् । उनी कृतिगत रूपमा ढिलो जन्मे तापनि फुटकर रचनाकारका रूपमा सातसालको हाराहारीमा उदाएकी थिइन् । त्यति बेला उनको उत्साह विशेष गरी साहित्यमा झयाङ्गिएको थियो ।
बेलायत यात्राको साहित्य
शीतकालीन जाडो र वषर्ायामको झरीजस्तो झरीमा रुझेर आकाश ओढी बसेको लन्डन सहरलाई हिथ्रो विमानघाटमा एकाबिहानै स्पर्श गर्छु । लाग्यो यहाँ कोही निदाउँदा रहेनछन्- समय, सहर, अफिस, सटक, मानिसहरू कोही पनि । त्यसैले विमानघाट पनि जागा थियो । पोल्ने आगोजस्तो बाहिरको चिसोले एक्कासि छोइँदा तरङ्गति हुन्छु । सागै निशा थिइन्- मित्रपत्नी । यहाँको जलवायुमा रङ्गसरि आफूलाई घोलेर एकाकार भइसकेकीले उनलाई असजिलो लाग्दैन ।
