kbs
लोप हुँदै लोकसंस्कृति
नेपालमा विभिन्न भाषाभाषी जातजातिहरूको बसोबास रहेको छ । जातजातिहरू कला र संस्कृतिका धनी छन् । नेपाललाई कला र संस्कृतिमा धनी देश भनेर चिनिन्छ । नेपालको कला र संस्कृति, सांस्कृतिक गतिविधि, सांस्कृतिक सम्पदाहरू विदेशमा समेत परिचित छन् तर अहिले नेपालका परम्परागत मौलिक कला र संस्कृतिहरू लोप हुने त होइन भनेर चिन्ता गर्नुपर्ने अवस्था छ ।
अबधि लोककला
अवधि भाषा नेपालको नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया तथा कही मात्रामा कैलाली तथा कञ्चनपुरमा बोलिने गरिन्छ । यही भाषाभाषीहरूका बीच पाइने लोककलालाई अवधि लोककला भनिन्छ । ‘लोककला लोक’ र कला’ मिलेर बनेको छ । ‘लोक’को अर्थ सहर र गाउँमा फैलिएका त्यो विशाल जनसमुदायसित सम्बन्धित छ जसको व्यवहारिक ज्ञानको आधार पुस्तक नभएर समाजमा निरन्तर रूपले चलिरहेको व्यवहार सित सम्बन्धित छ ।
ओझेलमा असल स्रष्टा
यतिखेर दैवज्ञराज न्यौपाने राम्ररी बोल्नसक्ने अवस्थामा हुनुहुन्न, उहाँका बारेमा यतिखेर कसैले बोलेकै छैन भन्दा हुन्छ । यतिखेर दैवज्ञराज न्यौपानेका आँखाले राम्ररी काम गर्न छाडेका छन्, उहाँको अवस्था अरूले नदेखे सरहै भएको छ । दैवज्ञराज न्यौपानेले लेख्न नसकेको छ महिना भइसक्यो, उहाँको बारेमा कसैले नलेखे जस्तै भएको छ । एउटा स्रस्टा विगत तीन वर्षदेखि अस्वस्थ र अशक्तजीवन बाँच्दासमेत धेरैले पत्तोसमेत पाएका छैनन्, कतिले चासोसमेत लिएका छैनन् ।
तीतो सत्य
जीवनका लामा बाटाहरूमा यात्रा गर्दा जिम्मेवारी र कर्तव्यपूर्ण मोडमा कतिले खुट्टा कमाएर बाटो बिराए, कतिले बाटो हिँड् नेहरूलाई झुक्याएर छिर्के हाने र कतिले यस्ता विषम-यात्रालाई निर्भयपूर्वक गन्तव्यको किनारसम्म टेकाउन सक्षम भए ? पुरानो कालखण्ड हुँदै झन्डै एक दशकअघिसम्मको नेपाली साहित्य, कला र राजनीतिक फाँटको वृत्तान्त वर्णन गरेका छन्, इतिहासकार ज्ञानमणि नेपालले आफ्नो पुस्तक अतीतका स्मृति र अनुभूति -विश्वेश्वरदेखि वीरेन्द्रसम्म मा ।
अनायक नागरिक
कथा कसैका लागि ?
साता दिनदेखि म भौँतारएिको छु कथाको विषयवस्तु नभेट्टाएर । कथा खोज्न म एकदिन बूढानीलकण्ठमाथि जंगलमा पुगेँ । केको देओस् जंगलले कथाको विषय । एकदिन चन्द्रागिरकिो ढिस्कोमा गएर आकाशका बादलहरू पनि नियालेँ दिउँसोभर । अहँ, कथाको कुनै विषय नै भेटिनँ । दिक्दार भएर फर्किएँ कोठामा । कोठामा कहाँको कथाको प्लट भेट्टिइयोस् !
नभाँचिने लौरो
“हेर्नुस ! कमरेडहरु हामी लोकतान्त्रिक बन्न व्यवहार पनि लोकतान्त्रिक हुनुपर्छ । मार्क्सवाद व्यवहारपरक दर्शन हो । व्यवहारमा उतारेर मात्र लोकतन्त्रलाई सफल बनाउन सकिन्छ ………. ।” सहभागीहरुले कमरेडका कुरा तालिले समर्थन गरे । “लोकतन्त्र भनेको समानता, पारदर्शीता, र सुशासन पनि हो । यो राजनैतिक कुरामात्र होइन । हामीले सरकार सञ्चालन गर्दा हामी एउटा पार्टीको प्रतिनिधिको रुपमा मात्र आफूलाई हेर्नु हुँदैन ।
किस्सा एक जुझारुको
२००२ सालमा भरत शमशेर त्रिचन्द्र कलेजमा बीएको तेस्रो वर्षमा पढ्दै थिए । २००७ साल आउन निकै दिन बाँकी थियो । शक्तिशाली कमाण्डिङ् जेनरल बबरशमशेरका नाति भरत उसै बेलादेखि जुझारु स्वभावका थिए । ‘शारदा’मा लेख लेखेर बालकृष्ण, लेखनाथहरू जस्ता हस्तीको भाषालाई गिज्याउने र ‘निरीह’ बोधविक्रम (अधिकारी)को दन्त्यकथाको भाषालाई सर्हाउंदै ‘हामी कता -‘ भन्ने लेख लेख्ने ‘विद्रोही’ भैसकेका थिए ।
नेपालको सङ्गीत क्षेत्र र सिर्जन अविरलको पुस्तक
पुराना सम्झना केलाउँदा सङ्गीत क्षेत्रका मेलवादेवी, मित्रसेन, तथा नेपालका आदि गायक सेतुराम बारे सम्झना हुन्छ । यी तिनै जना प्रसिद्ध गायक गायिकाका कलकत्तामा रेकर्ड गरिएका ग्रामोफोन रेकर्डहरू हाम्रो घर गहिरीधारा र विशालनगरमा बज्ने गर्थे र म आनन्दसाथ सुन्ने गर्थें । नेपाली सङ्गीतका पहिलो गायक भारतको भाक्सुका नेपाली गायक माष्टर मित्रसेनको अवसान भइसकेको थियो । त्यस्तै मेलवादेवी काठमाडौं छोडेर कलकत्तामा बस्ने गरेकी थिइन् ।
मनको एउटा आधारभूत समस्या
म अहिले शून्यतामा, रिक्ततामा, असाधारण अभावमा, भौतिक कुरा छोडौं मानसिक कुराको समेत अतुलनीय खोक्रोपनमा बसिरहेको छु । म बाँचेको नै छु । प्रमाण के भने म अहिले कलम लिएर पाठक समक्ष आइरहेको छु, म खाइरहेछु, बसिरहेछु, सुतिरहेछु, फेरि दिनदिनै ब्युँझिपनि रहेछु । मलाई मसित काम पर्नेदेखि मलाई चिन्नेसम्म मानिसहरू बोलाउने गर्दछन्, कहिलेकाहीँ मसित कुरा पनि गर्दछन्, आवश्यक भए केही लेनदेन पनि गर्छन् । मेरो मान राखिदिन भेट्दा र छुट्टिंदा मलाई अभिवादन पनि गर्छन् ।
घोषणापत्र
कोट, पाईण्ट, र्सट तथा टाइमा ठाँटिएका क्रान्तिकारी नेता पाँचतारे होटेलको सभा कक्षमा चुनावी घोषणापत्र सुनाउँदै थिए ।
-दश वर्षा हाम्रो वाषिर्क आय तीनहजार अमेरिकी डलर पुर्याउनेछौं ।
-देश निर्माणका महत्वपूर्ण आयोजनाहरुमा विदेशी लगानी भित्र्याउनेछौं ।
-वीस वर्षभत्र हाम्रो जीवनस्तर युरोपेली र अमेरिकी मापदण्डमा पुर्याउनेछौं……।
माया नं ६५३
माया आज अलि उद्विग्न थिई। हिजो अफिसमा काम गरिरहँदा उसले एउटा आदेशपत्र पाएकी थिई। पत्र आएको थियो स्वास्थ्य विभागबाट र त्यसमा उसलाई आदेश थियो कि अब आउने सात दिनसम्म ऊ उत्तेजनाको कुनै काम नगरोस्। र आज त उसलाई अस्पताल गई आफ्ना शरिर जँचाउनु पनि थियो। अनि एक सातासम्म अस्पतालमै बसेर आराम पनि लिनु थियो। अनि मार्च १७ तारिख।
