Skip to content

किन हुन्छ भेटघाट गोरेटोमा कसैसँग

  • by


किन हुन्छ भेटघाट गोरेटोमा कसैसँग
हिंड्दाहिंड्दै माया किन बस्छ
किन आउछ दोबाटो छुटाउन साथ फेरी
सारा खुशी आँशु सँगै खस्छ ।

कसैसँग बरु कतै भेटै नभईदिए हुन्थ्यो
न त छुटिनुनै पर्थ्यो न त फेरी मुटु रुन्थ्यो
किन लाग्छ माया मिठो एकैछिनको चिनारीमा
कोहि किन मुटुभित्र पस्छ
किन आउछ दोबाटो छुटाउन साथ फेरी
सारा खुशी आँशु सँगै खस्छ ।

बुझाउदा बुझ्ने हैन मन त एकोहोरो हुन्छ
नचिनेको माया कल्पि मुटु त्यसै त्यसै रुन्छ
किन भाग्छ निदरी नि आँखाबाट पर पर
आशँकाले मुटु किन डस्छ
किन आउछ दोबाटो छुटाउन साथ फेरी
सारा खुशी आँशु सँगै खस्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *