सदाझैं उनको न्रि्रा खुल्दा अँध्यारो नै थियो, सिरानीनिर राखेको सलार्इर्र्ो बट्टा फेला पारी कोरे अनि कति बजेको होला त भनी घडी हर्ेन खोज्दा, घडी न नाडीमा थियो न ओछ्यानमा नै ‘घडी हरायो त -‘

उनलाई जङ चल्यो र आर्मीमा छँदादेखि नै बानी परेको कडा भाषा प्रयोग गरी मर्ुर्मुरिन थाले, “साले होटल खोल्छन् हरामीहरू ! एक कोठालाई ६ कोठा बनाउँछन्, मुश्किलले एक कोठामा एक ओछ्यान अटाउँछ अनि रातभरि उडुस-उपियाले टोकाई दिए, वापत बहाल लिन्छन्, थप यात्रुको दामी सामान पनि चोरी गर्छन् । पिस्तौल, छुरा देखाइ लुटेमा सजाय हुन्छ, यसैले होटल खोल्ने भन्छन् र उल्टो उस्तरा समेतले हजामत गर्छन् । के गर्ने पेन्शनर भइयो, आर्मीमा बहालै भएको भए म यी डाकाहरूलाई शूट गरी दिन्थे ।” उद्विग्न भएर उठे र आफ्नो नित्यकै नियमानुसार मार्ग शर्ीष्ाको जाडोमा पनि बाहिर गै धारामा नुहाउन थाले, शिरमा दर्ुइ-तीन लोटा चिसो पानी परी सकेपछि उनलाई धमिलो-धमिलो सम्झना हुन थाल्यो- घडी त दर्ुइ चोटि नाडीबाट खसी सडकमा बज्रेको थियो, उनले टिपेका थिए, हुनसक्छ, तेश्रोचोटि पनि खसेको होस् “हुन सक्छ के – पक्कै घडी खसे कै हो” उनले सोचे कि हिजोतिर उनी आफू पनि त धेरैपटक पूरा होश हवाश न भएको अवस्थामा विचरण गरी रहेका थिए नि !

नुहाउँदा औधी जाडो लाग्यो, उनी सोच्न थाले कि यो जुलाघाट बजार पनि कस्तो ठाउँमा बसेछ भने के भन्नु – दार्चुला पनि ठीक यस्तै ठाउँमा छ, गर्मीमा असाध्य गर्मी, हिउँदमा असाध्य जाडो । जुलाघाटमा त मार्ग १५ गतेदेखि पौष ३० गतेसम्म घाम देखा पर्दै-पर्दैन । माघ १ गते मात्र एक झुल्को घाम पुलको मध्यमा एकछिन देखा पर्दछ । मानिसहरू छटाकभरि घामका लागि लोभ्भिएर बस्छन्, जब घाम पर्न थाल्छ, बिस्तारै चर्को हुँदै जान्छ र वैशाखदेखि त तातो कराहीमा पसेजस्तो हुन्छ । जे होस्, नुहाएपछि सधैँ देउताको दर्शन गर्ने अफसर सापको नियम छ । उनले कठ्याँग्रिदै सो नियम पूरा गरे । यसबीच उनलाई पर्ुखाहरूले बुद्धि न पुर्याएकोमा अपसोच लाग्न थाल्यो । “स्वाभाविक पनि हो” उनले सोचे “उहाँहरूको कोही पनि सेनाको अफसर त के सिपाहीसम्म पनि भएको थिएन, अनि अकिल कहाँबाट हुन्थ्यो – अङ्ग्रेजहरूले आफूपट्ट िफराकिलो ठाउँमा बजार बसाए, भंसार त त्यहाँ हुनु नै पथ्र्यो, अब पर्ुखाहरूले बजार पनि केही विचार नगरी त्यहीँ बसाले । जे होस् ५ मिनेट पनि नबित्दै उनी सोच्न थाले कि जुलाघाटको आफ्नै आकर्षा छ, मिश्रति समाज छ, जीवन्तता छ । राजनैतिक, आर्थिक गफ, हाँसो ठट्टा चली रहन्छ । यसैले जुलाघाट जाने भन्यो कि जसका पनि पाइला छिटो-छिटो चल्न थाल्छन्, आफ्नो हकमा भने सँधैभरि जुलाघाट नै बस्न पाए, उनलाई औधी खुशी लाग्थ्यो होला ।

कोठामा पसी एकमात्र सानो झयाल उघारे, उज्यालो भै सकेछ, उनका आँखा आफूले रातभरि ओडेको फोहर रजाईमा परे । उनलाई घिन लाग्यो, यर्सथ रजाईलाई बिर्छाई, तन्ना र ओछ्यान ओडिबसे र बिहान ताजा पानीले नुहाएपछि महसुस हुने ताजापन महसुस गर्न थाले । अब सम्भिmन थाले कि हिजो मध्यान्हतिर उनी यहाँ आइपुगेका हुन्, छोरी रत्नाको कन्यादानका लागि कपडा किन्न भनेर खल्तीमा तीन हजार रुपैयाँ बोकी । “एक पेगले के फरक परीहाल्ला र” भन्ठानी मद-भट्टीमा पसेको पनि सम्झना हुन थाल्यो । आफूले बर्तै रक्सी पिई बजारमा भाषण गरेको, गीत गाएको सम्झना र हाँस्न र हप्काउन थालेका केही अनुहारहरूको समेत धमिलो-धमिलो सम्झना हुन थाल्यो । फेरि लरबरिदैँ यस होटलमा आई पुगी, दश रुपियाँ बहाल तिरी ओछ्यानमा आफू घोप्टिएको पनि सम्झना भो ।

यी सबै कुरा सम्भिmदा-सम्भिmदै पनि उनी झयालबाट एकटकै उतापट्टकिो थुनिएको ढोकालाई हेरिरहेका थिए । नुहाइ देउताको दर्शन गरी सकेपछिको तेश्रो नियम पालन हुन सकिरहेको थिएन । यो तेस्रो नियम घरमा रहँदा अथवा श्रीमती साथमा रहँदा भने पूरा हुँदैन, अन्यथा उनले यस नियमको पालन पनि अटुट रूपले गरेका छन्, त्यो नियम हो घटीमा एक गिलास भरी रक्सी पेटमा पुर्याउनु । उनले एकटक हेरिराखेको ढोका मदभट्टीको थियो, त्यो न उघ्र्रिदा उनलाई छटपटी भैरहेको थियो । कता-कता यो थुनिएको ढोका र आफ्नी श्रीमतीमा उनलाई गजबको साम्यता लाग्यो, ढोका उघ्रिदैन र श्रीमती पनि छेउछाउमा भए बिहानतिर रक्सी पिउन त के सुँघ्न पनि पाइँदैन । उनलाई अब श्रीमती उपर झोंक चल्यो र सोच्न थाले ‘भगवानले पनि कस्ती आइमाई ल्याएर मेरो घाँटीमा झुण्र्डाई दिए, त्यस आइमाईले म जस्तो टाठो च्याखुराको भालेलाई कुखुरीको पोथी बनाइ दिई गाँठे’ । आफ्नो स्वभावानुसार अफसर फेरि सोच्न थाले कि श्रीमतीले घर गृहस्थी चलाइ दिएकी छे, केटाकेटीहरूलाई स्याहारि रहेकी छे, उनको आफ्नो पनि सेवा-सुश्रुषा गरेकी नै छे । साँझतिर रक्सी पिई कचकच नगरी सुतेको खण्डमा त केही भन्दिन पनि । अर्धाङ्गनिीप्रतिको क्रोध मायामा परिणत भएपछि, उनको आक्रोश मद भट्टीको पसलेतिर खनियो “भर्खरै बिहे गरेको छ कि के हो – जे पाएँ मैले पाएँ भनी, साला रातभरि के के गर्दोहोला, यतिबेलासम्म पनि ब्यूँझेको छैन” । उनी फेरि सोच्न थाले, “आज भोलिका नवयुवकहरू दोपहरसम्म सुती राख्छन्, अनि यिनमा बुद्धि र बर्कत कसरी आउँछ, कसरी मुलुक अगाडि बढ्छ” । अब उनी आफ्नो आजको कार्यक्रम बनाउन थाले । एक पेग, हो एक पेग मात्र चर्ढाई, कपडा किनेर वायुपंखी घोडा झैँ उकालो काटी कन्यादानको समयभन्दा अघि नै घर पुग्ने कार्यक्रम बनाए, तर सबैगोजी छामछुम गर्दा पनि पैसो फेला परेन । तीन हजार रुपिया मध्ये आर्मी कमीजका पट्याएका बाहुलाहरू उकर्ेदा एक बाहुला भित्रबाट एक सयको एकनोट र अर्का बाहुलाबाट दश रुपियाँका दुइ नोट मात्र फेला परे । ऊ खङ्रङ्ग भए, मुटु कचोटिन थाल्यो, महाकालीको पुलबाट हाम फाली मर्ने हो कि भनी झोंक चल्न थाल्यो । एक्कासि बाटो देखा पर्यो कि कपडा त अहिले उधारोमा पनि लग्न सकि हालिन्छ । कैयनचोटी व्यवहार गरेको कपडा पसले पनि छ कन्यादानपछि देखा जाला, जसरी अहिलेसम्म जिन्दगी गुज्रेको छ, बाँकी पनि भगवान्को कृपाले गुजरान भैजाला । उनले पनि नियमित नुहाएको र देउताको दर्शन गरेको त्यत्तिकै त किन होला र ?

अब अफसर सापलाई उठिहाल्ने अत्यास लाग्न थाल्यो । सुखद संयोग कि मद भट्टीको बन्द ढोका उघ्रियो र त्यसको मालिक लोटा हातमा समाती मुखमा बिँडी च्यापी काँधमा जनेऊ बेरिरहेको देखा पर्यो । साला फेरि निवृत हुन दिनभर लगाउने होला’ भन्दै अफसर सापले हतार-हतारमा लुगा लगाई भट्टी मालिकलाई छोपी हाले । बडो जिम्मेवार महसुस गरी एक गिलास मात्र चडाएर फर्के, मन रोक्न सारै गाह्रो भो तर उठी सकेपछि एउटा जिम्मेवार बाबुको भूमिका निर्वाह गरी संयम राखेकोमा ठूलो आत्मसन्तोष पनि भो । पसलहरू खुलिसकेका थिए । कपडा पसलतिर लाग्दा बाटैमा नगेन्द्र भेटियो । “हलो चैप ! हाउ डु यु डु रै बाबु । कस्ता छौ -” भनी उनले हात तन्काए, तर नगेन्द्रले ढोग्यो, नगेन्द्र बि.ए.मा भारत पिथौरागढमा पढ्दै छ । अफसर सापको नगिचकै भतिजो पर्छ । ऊ ३/४ दिनको बिदामा घर गैरहेको थियो र अफसर सापलाई गुलाबी मात लागेको बेला एक्लै छोडेर जानु नगेन्द्रले मुनासिब ठानेन । त्यहीँनेर भरियाको काम गर्ने ठेरे पनि भेटियो, ठ्याम्मै चिनेको, अफसर सापकै तल्लो गाउँको बासिन्दा, उसलाई पनि डोर्याउँदै भूतपर्ूव अफसर आफ्नो साबिकको पसले कहाँ पुग्यो । अफसर सापका खुट्टा बेला-बेला अलि लरबरिएका भए पनि उसले दर्ुइ हात जोडी नमस्कार गर्यो र मुस्काई रहृयो । अफसर सापले थरी-थरीका कपडाको लामो फेहरिस्त टिपाए । बनियाले पैसोको कुरो गर्दा “आर्को पेन्सन लिनेबेला हिसाब मिलाइन्छ” भन्दै एकछिन अडी “दाम सही लगाउने है, उधारो भनी जथाभावी लगाउन पाइँदैन” भने । बनिया मुस्कुराइरहृयो, अफसर सापले ठेरेतिर फर्की भने “लौ जुँडी बतास लगाएर, कुद्ने है ठीक …” एकछिन नाडीमा घडी न देखी अकमकिए “एक सल्ला दिन बाँकी छँदा घरमा पुग्ने है । भाडा मात्र होइन, बक्सिस पनि पाउने छस,” अनि नगेन्द्रसित लौ ! हिडौं भन्दै जुलाघाटको ठाडो उकालोतिर लागे । उ ढुक्क भए कि घरमा कन्यादानको लागि चाहिने लुगाहरू त छँदै थिए, थप लुगाहरूका लागि मात्र उ आएका हुन् । “कपडा सिउन नभ्याए कपडा नै पर्ठाई दिने, पोइलतिर पनि सिउनेहरू भैहाल्छन् होला नि” भनेकी थी श्रीमतीले । कपडा कन्यादानभन्दा अगाडि घरमा पुगे अरू के चाहियो र उनको मन खुशी भो ।

खुशी खुशी गुलावी मातको भरमा अफसर साप उकालो चढ्दै थिए कि एक पसलेले आज २२ गते हो भनेको कुरो उनका कानमा पर्यो । २२ गते ! उनी आत्तिए र “आज कति गते हो -” भनी नगेन्द्रलाई सोधे “ख्वै कान्छाबुबा याद भएन”, तारेख भने ८ हो नगेन्द्रले जवाफ दियो । “तारेख होइन मैले गते सोधेको । हाम्रो मुलुकका मानिसहरूमा यही खराबी छ, भारत पसे कि नेपालको गते, बार, दिन-रात सबै थोक बिर्सर्ीीाल्छन्, सालाहरू भोलि आमा-बाबुलाई पनि बिर्सिने होलान् । अफसर जोगिए । “अनि यो मुलुक कसरी अगाडि बढ्छ, कहिले गौहाटी र देहरादून जस्तो हुने । मलाई हेर म २० वर्षभारतमा बसेर पनि आफ्नो नेपालीपन बिर्सर्ेेे छैन । एकछिन अडी उनले बिस्तारै भने, “तर आज साँच्चिकै कति गते हो -” मार्ग २१ गते त कन्यादान थियो । उनी १९ गते जुलाघाट आएका हुन् । त्यै दिन कपडा किनी घर फर्किने कार्यक्रम थियो । सामान त जेसुकै होस् तर कन्यादानमा पनि सामेल नहुनु त अति नै भो । उनी त आज २० गते नभए २१ गते नै होला भनी ठानिरहेका थिए । साँच्चिकै २२ गते नै रहेछ भने त मारी हाल्यो नि । उनी सोच्न थाले र औँला गन्न थाले १९, २०, २१ यी तीन तीन दिनसम्म यहाँ उनी के गरी रहे त – सम्झन खोज्दा दुःस्वप्न जस्ता कतिपय दृश्यहरू र धमिला अनुहारहरू उनको मगजमा खेल्न थाले । उनलाई भाउन्न हुन थाल्यो । खुट्टाहरूले र्सन नमानेको र रिङटाले ठाडै ढलाउँछ कि जस्तो उनलाई लाग्न थाल्यो । एक्कासि “ओहो कताबाट हो, हबल” अफसर सापले तुरुन्त पेन्सिनियर सुबेदार विक्रम सिंहलाई चिनीहाले, र एकछिन यताउता हेरी “ओहो लप्टन साप ! क्या ठ्याक्कै भेट भो, हाम्रो त साइनो पनि छ अफसरी दर्जा अरू बेला, अहिले त तपाई मेरो प्रिय भानिज लेफ्टिनेन्ट विक्रम सिंह” भने । हात मिलाएपछि “घाँटी सुुख्या छैन त – तपाईले ठाडो उकालो काट्नु छ” बिक्रम सिंहले भने, “लौ त भैहालोस्” अफसर सापले भनेपछि दुवैजना छेउको मदभट्टीमा पसी हाले । अफसरले आफूलाई भैरहेको आत्मग्लानिबाट मुक्ति त खोजेकै हुन् ।

भट्टीमा पस्नासाथ विक्रमसिंहले सोधे, “म त सुबेदार हुँ, लप्टन किन भन्नुभाको मामा” “तपाईं बुझनु हुन्न” एक आँखा झिम्काएर अफसर सापले भने, “म पनि हवल्दार हुँ, सबैलाई सुबदार हुँ भन्छु, यी सालाहरू हामीलाई पेन्सन दिने त होइनन् सित्तैमा नै रौब छाँट्न पाए किन छोड्नु, यी हाम्रा मान्छेहरू अलिक निहुर्यो कि काँधमा चडी हाल्छन्, यिनीलाई त धक्कुका धक्कु लगाएर पेलेको पेलेकै राख्नर्ुपर्छ । तपाईं पनि आजदेखि आफूलाई लप्टन भन्न थाल्नोस्, बरु कप्तान भन्ने गर्नोस्” अगाडि आइपुगेको गिलासबाट चुस्की लिदैं अफसर साप सोच्न थालेका थिए कि कति जतनले, सबै पेन्सनरहरूलाई एक-एक दर्जा बर्डाई बोलाउने समेत गरी, आफूलाई सुबेदार बनाई राखेको तर भेद त खुली सक्या रै छ । आफैबाट मात बडी लागेको बेला फुस्क्यो कि क्या हो, छिमेकका उरन्ठ्याउला केटाहरू सुबदार साप भन्ने गर्छन् रे सुबदारको ‘सु’ र बाँकी अक्षर ‘हवल्दार’ बाट टिपी अनि जोडेर, पीठ पछाडि कसले कसलाई के भन्दैनन् र सामुन्ने भनुँन न खप्पर फोडि दिन्छु आवारा सालेहरू ! अनि पो कति मिनेटको घण्टा हुन्छ भन्ने थाहा पाउँछन्” मनमनै अफसर सापले भने र तुरुन्तै आफ्नो हराएको घडीबारे सोच्न थाले । घडी सस्तै भए पनि उनले अरूको नजरमा त्यसलाई निक्कै दामी बनाइसकेका थिए । उनी भन्ने गर्थे, “यो बेलायती घडी हो बाबु ! त्यो पनि लर्डाई -विश्वयुद्ध) भन्दा अघिको बेलायतमा बनेको । कसको घडीले यसको जोरी लाग्न सक्छ – त्यै २० वर्षपहिरेको घडी हराएकोमा उनी नियास्रो मान्दै चुस्की लिइरहेका थिए कि विक्रम सिंहले, “चुप्प बसी के के सोच्दै हुनुहुन्छ मामा” भनी सोधे, अफसर साप एकछिन अकमकिए तर जवाफ दि हाले, “होइन भानिज, तपाईं वास्तवमा कसको भानिज हो र मलाई मामा किन भन्नु हुन्छ भनी सोचिरहेको थिए” बिक्रमले ठटाएर हाँस्दै भने, “मलाई पनि था छैन, तर मामा-भानिज भन्दै बीसौं बोतलसँगै रित्याएपछि अब केको खोजी-नीति – रकमीहरू जस्तो खोजी-नीति गर्ने काम हाम्रो होइन । सिपाहीको जातले जे भन्यो भन्यो । भनिसकेपछि तपाईं मामा, म भानिज, आजदेखि झन पक्का छाप लागेका ।” दुबै बाहिर निस्के । भानिज ओराली झरे मामाचाहिँ नियास्रो मुख लगाई हिडीरहेका नगेन्द्रको भरलर्ीइ उकाली चढे ।

रक्सीको मात गहिरिदै गुलाबीबाट रातो हुँदै गैरहेको थियो । अफसर सापले -उनीलाई सुबदार भन्न नमिल्ने र हवल्दार भन्दा उनी रिसाउने हुँदा) झल्यास्स फेरि गतेको कुरो सम्झे र सामुन्ने आइपुगेका जोसुकै व्यक्तिलाई पनि “आज २१ गते होइन र ” भनी सोध्न थाले । एक दर्ुइ जनाले ‘२२ गते हो’ भने तापनि अधिकांश ले बाटोमा शराबीसँग किन झमेला गर्ने भन्ठानी, “हो हो २१ गते नै हो” भन्दै बाटो तताए । यसबेला अफसर साप कुखुरेपानीको चौतारामा सुस्ताउँदै थिए कि एक्कासि उनका आँखाबाट ठूल्ठूला आँसुका ढिक्का र्झन थाले, “किन रुन थाल्नु भो कान्छा बा -” नगेन्द्रले सोध्यो, आँसु पुछ्दै, संयत भैसकेपछि अफसर सापले जवाफ दिए “म हाम्रो मुलुकको हालत देखेर रुँदै छु बा ! यो कस्तो मुलुक हो, जहाँ जनतालाई आज २१ गते हो कि २२ गते भन्ने पनि थाहा छैन, कोही २१ गते भन्छ त कोही २२ गते भन्छ, अङ्ग्रेजी, जर्मन अथवा प|mेन्च गते बार भए त केही थिएन । आफ्नै नेपाली गते बार पनि थाहा नपाउने गाँठे ! अब यो मुलुक कहिले उँभो लाग्ला” नगेन्द्रतर्फहेरी फेरि भने, “तँ हाँस्तै छस् केरे । यसमा जनताको दोष छैन, यी जिल्ला सभापति भनेका जिल्ला गवर्नर र गाउँका अध्यक्ष भनेका एरिया कमाण्डर होइनन् अनि यिनीहरू माथिका सांसद, मन्त्री, प्रधानमन्त्री भनाउँदाहरू के गर्दैछन् – यतिका वर्षसम्म जनतालाई गते बार पनि बुझाउन नसकेका” यसै झोँकमा अफसर साप जुरुक्क उठी फेरि उकालो लागे ।

अब गएर उनले साँझ चार बजेभित्र घर पुग्ने अठोट गरे । कन्यादान हिजोराति भैसकेको भए पनि, जन्ती फिर्ता पठाउने त आजै हो, बिहानीपख गौदान, रातिको उनिलो, बर्यात नामक लावा-लश्करलाई खुवाएपछि घरपरिवारले खाने, अनि कन्याले भेटे जतिको घाँटीमा उझिन्नी करौना -बिलाप) गर्दा त साँझको चार त पक्कै पनि बज्छ होला । उनी सोच्न थाले कि त्यसभन्दा अघि कपडा पुर्याउन सके त हिजोको कन्यादानमा पुग्न नसकेकोमा थुप्रै बहाना बनाउन सकिन्छ । भन्न सकिन्छ कि कपडाको गठ्ठर रानीबुंगाबाट हातबाट छुटी धर्ुर्किदै जुलाघाट नै पुग्यो । यसरी फेेरि ४ मील तल जुलाघाट नै पुग्नु पर्यो र एकदिन भरी त कपडाको गठ्ठर खोज्न लाग्यो । झन्नै कपडाको साथ आफूलाई पनि महाकालीले बगाएको भनी दिए पनि हुन्छ । अथवा खल्तीको तीन हजार रुपैयाँ चोरी एउटा चोर भाग्यो । पिथौरागढसम्म पुगी त्यस चोरलाई समाती पैसो भराइयो भनियो भने इज्जत पनि बढ्ने छ र मानिसहरू पत्याउने पनि छन् । सबै बुझछन् कि बाबु कस्तै काम नलाग्ने भए पनि, अन्यथा नपरी छोरीको कन्यादानमा त अनुपस्थित भै बस्न सक्तैन, ‘भरिया ठेरे पुगीहालोस्” ऊ सोच्न थाले एउटा कथा बनाउनु पर्ला, समय छँदैछ ।

हिँड्दा हिँड्दै उनका आँखा फेरि रसाए, उनी सोच्न थाले “हामीकहाँ यो कस्तो चलन हो कि चेली-बेटीहरू पहिलो पटक पोइल जाँदा हत्ते गर्छिन, रुन्छिन्, करौना -विलाप) गर्छिन्, विलाप पनि कस्ता करुण भने, कहिलेदेखि कसले तालिम दी रहेको होला, जस्तोलाग्ने गर्छ । कन्या पठाएको दिन गाउँभरि नै मर्ुदा परेजस्तो शोकाकुल वातावरणले छोप्ने गर्छ । भारततिर अथवा हाम्रै शहरहरूमा त यस्तो हाहाकार मचाउने चलन छैन” । उनी फेरि सम्भिmन थाले कि उनकी छोरी रत्ना पनि उनको घाँटीमा दर्ुइटै हात हाली “मलाई यसरी घरबाट निकाल्नुभन्दा जन्मिदै मारिदिए हुन्थ्यो” भन्थी होली अथवा “मेरो बुबाको दर्शन अब कहिले पाउने -” अथवा “मलाई नबिर्सिनु होला बा” भनी विलाप गर्छर्ेेोला, अफसर साप अब हिक्क-हिक्क गरी रुन थाले । “के भो कान्छा बा” नगेन्द्रले सोध्यो “केही होइन” भनी उनी लुरुलुरु हिँड्न थाले तर वेदनाको छाल उनको मनमा उठिरहृयो, कान्छी छोरी रत्ना उनी देहरादून छँदै जन्मेकी हो । यसैले कक्षा १० सम्म पढेकी पनि छे । छोराछोरीमा कुन बाबुको माया हुँदैन र – रत्नालाई उनी फर्ुसद पाउनासाथ काखमा राखी हाल्थे अथवा भनुँ कि ऊ हामफालीहाल्थी । अड्डा जाने बेलामा समेत बल गरी छुट्याउनु पर्ने हुन्थ्यो । पछि गएर उसकी आमाले रक्सी बढी पिएको अथवा अरू कुनै विषयलाई लिएर करकर गर्दा उनकै पक्ष लिन्थी । उसकी आमाले, “ल रक्सीको मातले छाडेपछि घिच्नु” भनी राखेको खाना तताइ वरी खुवाउँथी । रत्नाले उनलाई कहिल्यै पनि भोकै सुत्न दिएकी थिइन । बरु आफूपुरै रात ब्यूँझैं बस्नु परे पनि । आफ्नो देहरादूनको सैनिक-जीवन, पेन्सन, त्यसपछि अहिलेसम्मको जिन्दगीलाई रत्नालाई केन्द्र बनाएर सम्भिmन थाले । वियोगको र दुःखको चोट क्रमशः धारिलो हुँदै असहृय भएपछि उफ नगेन्द्रलाई “ज्यू सारै दुख्यो, एकछिन पर्ख है बाबू” भन्दै बाटा छेउको मदभट्टीमा पसे, छिट्टै फर्केर भन्न थाले, “बल्ल हिँड्न सक्ने बर्कत आयो, मान्छेहरू बुझदैनन् । रक्सीले ज्यू दुखेको ठीक पार्छ, आँट र तागत दिन्छ, मनको दुःख पखाल्छ, यसैले त अङ्ग्रेजहरू कोही बिचेत हुँदा पनि ब्राण्डी पिलाउँछन् । यहाँका बुद्धूहरू रक्सी पिउनेलाई सराबी भनी हेला गर्छन्” अन्दाजी ५ मिनेट जति चुप लागी हिडेपछि अफसर साप फेरि बोले “बाबू नगेन्द्र त्रि्रो जे गर्ने मन छ गर्नु तर रक्सी नपिउनु, जहाँसम्म मेरो सवाल छ, जोरीपारीका साथीहरू कि मरिसके कि अशक्त भैसके, गाउँभरि सबैजना आर्काको दर्ुइ तीन हात जग्गा दाब्दैमा व्यस्त छन्, आफ्नो भलो होस् नहोस् अरूको भलो नहोस् भन्ने भावना सबैमा देख्छु । दिक्क लाग्छ, न क्लब, न अखवार, न भजनकर्ीतन अब कसरी दिन काट्ने – यर्सथ रक्सी पिउँछु, मलाई थाहा छ रक्सी पिउनुभन्दा आफ्नो कुभलो चिताउनेहरूको पनि भलो गर्दै हिँड्नु असल हो, तर अब त म उम्किन सक्तिन, जुन दिन आज पटक्कै छुँदैन भन्यो कि त्यैदिन अरू दिन भन्दा बढी पिइराखेको हुन्छ” एकछिन अडी अत्यन्त कोमल स्वरमा, “बाबू तिमीले रक्सी छुँदै नछोऊ है” भने ।

अफसर साप र नगेन्द्र घुम्ती काटेपछि अब त्यस ठाउँमा आए जहाँबाट अन्दाजी एक कोश टाढा उहाँको घर स्पष्टै देखिन्थ्यो, जन्ती फिर्ता भैराखेको प्रष्ट देखिदै थियो । त्यसो भए कन्यादान हिजै सकियो र आज जन्ती पनि पठाइसके । “ती साले ! रिउले र खुइलेले -रीस उठाउँदा आफ्ना दाजुहरू राम र खेमलाई अफसर सापले संबोधन गर्ने नाउँहरू) सराबी कता मर्यो । कता, कन्यादानको मुहर्ूत नचुकाऊँ भन्यो होला र त्यस ढोलङा -ढोल) जस्ती भरिएको ज्यू भएकी श्रीमतीले पनि हो हो सराबीहरूको भरोसा हुँदैन भनी सही थापी होली । ‘उनी सोच्न थाले, टक्रक्क ढुङ्गोमा बसी टोलाएर रत्नाको विलापको अर्थ बुझने प्रयास गर्न थाले । तर बुझन सकेनन् हो करौना भने गरिरहेकै थी । यत्तिकैमा छेउतिर नै ‘खुइ’ गर्दै भरिया ठेरेले भारी बिसायो । एक मन नूनको भारी । अफसर सापले छक्क पर्दै “मेरो कपडा खोइ नि -” भनी सोधे र ठेरेले जवाफ दियो, “बनियाले दिए पो कपडा ल्याउँथे । ऊ त कस्तो सराबी, आज तीन दिन भो कपडाको फेहरिस्त टिपाउँछ र हिनी दिन्छ। अनि दिनभर उत्पात मच्चाउँछ भन्दै हाँसिरहेको थियो । “कस्तो हराम बनिया – मबाट नै हजारौं कमायो होला । आज ऐन मौकामा धोका दियो साला ।” अफसर सापको कन्सिरी तातेर आयो र ठेरेको नगिच गई “मैले अब छोरीलाई कसरी मुख देखाउने – घरमा साँचिकैकन्यादान छ भनी तैले पनि भन्न नसकेको साले बेबकूफ” भन्दै ठेरेको गालामा बलियो चड्कन दिए । “मेरो के कसूर त -‘ सुँक्क सुक्क गर्दै यस्तै गुनासाहरू गर्दै ठेरे रोइरहृयो । निक्कैबेर भो ठेरेको गुनासो सुँक्क सुँक्क रोकिएन । जन्ती नजिकै आइपुग्न आँटिसके, अफसर सापलाई के गरुँ, के गरुँ लाग्यो । ठेरेको आँसुरहित रोदनले उनको पोल खोली दिन सक्थ्यो । उनीले आत्तिएर आफ्नो खल्तीमा बाँकी रहेको पूँजी दस रुपियाँ झिके र ठेरे लाई दिँदै “भो भो ले १० रु. केटाकेटीहरूका लागि मिश्री किनेर लैजा म यहाँ छु भनी कसैलाई नभन्नु है खबरदार यसको रक्सी किनिस् भने” भन्दै आफू अलि पर घँघारुको झाङ पछिल्तिर लागे ।

जन्ती नगिच आइपुगे, “नगेन्द्र तिमी कन्यालाई भेट मलाई यहाँ छु भनी नभन्नु” भन्दै अफसर साप घँघारुको झाङपछिल्तिर गई लुके । नगेन्द्रलाई देख्नेबित्तिकै रत्ना गर्दनमा दर्ुइटै हात हाली रोई, “दुश्मनहरूले बासँग भेट नहुँदै लगे” “बाको दर्शन कहिले पाउनु” भनी बिलाप गर्न थाली । बल्ल उम्केपछि आँसु पुछ्दै नगेन्द्र अफसर साप लुकेतिर आयो । उनी ठूल्ठूला जरायोका जस्ता आँसु झार्दै हातले निधार पिटी रहेको थिए । नगेन्द्र एकछिन हेरी रहृयो अब जन्ती घुम्तीको उतापट्ट िपुगिसकेको थियो । डाँडापारि र्सर्ूय डुबे । मङ्सिरको चिसोझोक्काले आफ्नो सम्पर्ूण्ा उपस्थिति जनायो । अझै अविरल आँसु झारीरहेका अफसर सापलाई देखेपछि नगेन्द्रलाई लाग्यो “मानिसको हकमा यस्तो विडम्बना किन हुन्छ – उसले खराब र असललाई छुट्याउन सक्छ तर थाहा पाउँदापाउँदै पनि खराबको भासमा भास्सिदै जान्छ । नचाहँदा, नचाहँदै आफ्नै विवेकको विरुद्ध पनि ।”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *