सम्पूर्ण हाबामा बारूदको गन्ध
फैलिएको बेला
चिसा खोला र नदीहरु
ताता रगत भएर बगेको बेला
मानिसको मन भित्र
आगोका बिउहरु रोपिएर
आगोहरु बम गोला भएर
बिबेकहरु बिचलित भएर
पाशबिकाता नै पौरुषता भएको बेला
एलएसडीको लागुले
युग चम्काइ रहेको बेला
नौजबानका लाशहरु
यत्र तत्र बेबारिस
क्षतबिक्षत छरिएको बेला
सिर्जने र सृष्टिलाई नै हांक दिएको बेला
गोलीको होलीमा
चीरदाह गर्नकालागी
के जन्माउनु सन्तानहरु !
ए सम्फूर्ण महिलाहरु हो!
बन्द गर कोखहरु
अब कुनै बच्चाहरु
लोरी सुन्दै
झोलुङ्गामा झुल्ने छैनन्
यो नपंसक समयसंग
बन्द गर संभोगहरु !
