Skip to content

हो! अचेल मलाई यस्तै लाग्छ

मेरा सारा खुसीहरु, तिमी सँगै छुटे झैँ लाग्छ
आफ्नो खुसीहरु आफैले, जानी–जानी लुटे झैँ लाग्छ
अचेल होसमै पनि झस्कन्छु घरीघरी
परिस्थितीले बारम्बार कुटे झैँ लाग्छ ।।
हो! अचेल मलाई यस्तै लाग्छ……

सम्झन्छु अझै पनि तिम्रो साथमा, खुसीमा रमाएका पलहरु
देखेका खुसीमा रम्ने सपना, सिसा झैँ झर्याम्म फुटे झैँ लाग्छ ।।

वियोग र पिडाहरुको यहाँ, हुन सक्छन् अरु नै कारणहरु
म तिमी अनि हाम्रो खुसीको बिचमा, बाधाहरु सारा जुटे झैँ लाग्छ ।।

कमजोर बन्दैछौँ आखिर किन? केही क्षण! एकअर्का बाट टाढा हुँदा
शंका–उपशंकाको कुरा हैन तर! बिस्वासको डोरी टुटे झैँ लाग्छ ।।

सम्झेर ल्याउँदा आँतेस लाग्छ, डाहाले मुटुको धड्कन बढ्न थाल्छ
अनि उथल–पुथल भै भित्र–भित्रै, कमजोर! मनको बाँध फुटे झैँ लाग्छ ।।

मेरा सारा खुसीहरु, तिमी सँगै छुटे झैँ लाग्छ
आफ्नो खुसीहरु आफैले, जानी–जानी लुटे झैँ लाग्छ
अचेल होसमै पनि झस्कन्छु घरीघरी
परिस्थितीले बारम्बार कुटे झैँ लाग्छ ।।
हो! अचेल मलाई यस्तै लाग्छ……

पुस्कल पौडेल (–––प्रतिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *