Skip to content

मलाई तेरो मुख पनि हेर्न मन छैन
मलाई तेरो बोली पनि सुन्न मन छैन
तरो साथमा केवल पिडा अनि चोट मात्र पाएँ
धेरै सहेँ धेरै कुरेँ अब त हुन्छ! अब त हुन्छ!
तर मेरो केहि सिप लागेन……….
के तँ साँच्चै मेरै मन होस् त? मलाई शंका छ।

कति त्यस्ता अबस्था जहाँ मलाई जिउँदै मारीस्
सपना मेरा सानै तर! ती पनि चकनाचुर पारीस्
तेरो घृणामा मैले माया खोजेँ तर दया मात्र पाएँ
मेरो लक्ष्य एउटै! तेरो घृणालाई मायामा बदल्ने !
तर मेरो केहि सिप लागेन……….
के तँ साँच्चै मेरै मन होस् त? मलाई शंका छ।

पुस्कल पौडेल (––प्रतिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *