आज राती अर्धन्रि्रँमा
म निदाएको बेला
अचानक मदनमणि माड्साबकी
‘माधवी’ आई
अनि भनी,
“ओई, कृष्णे उठ् त उठ्
देश दुखाइलाई भावनाले छेक
हत्या-हिंसाका बारेमा
कमसेकम एउटा कविता त लेख”

मैले भन“े, “माधवी
अचेल मैले कल्पनामा पौडिन हु“दैन
कुनै पनि बेला, मेरो डायरी जफत हुनसक्छ
बाटोमा हतारले दौडिन पनि हु“दैन
दौडिनेलाई गोली हान्ने
सुरक्षाकर्मीको ‘शपथ’ हुनसक्छ
कृष्ण धरावासीको शरणार्थी मा जस्तै
आफ्नै देशमा शरणार्थी भएको बेला
क्षेत्रप्रताप अधिकारीको जस्तै
कसरी अकविता लेख्न सक्छु –
राजेन्द्र जर्सर्ााो जस्तै
कसरी ‘खुकुरीको गाथा’ देख्न सक्छु –

म तेराखको र्सवजा पनि त होइन
यतिखेर त मलाई बा“च्न पाए पुग्छ
युद्ध उन्मादले उम्लिएका बन्दुकेहरूको
विनाश देख्नका लागि भए पनि
यो चोला सा“च्न पाए पुग्छ ।

बन्दुक
जसको आ“खा हु“दैन
जुनसुकै बेला, जुनसुकै ठाउ“मा चल्न सक्छ
चलाएपछि उसको काम चल्नु हो
धान काट्ने मेलामा चल्न सक्छ
कुलो मर्मतका लागि चौतारीमा
जम्मा भएको बेलामा चल्न सक्छ
गाउ“लेको जुनसुकै भेलामा चल्न सक्छ

गोली लागेपछि मान्छेको नियति
भुइ“मा पर्ुर्लुक्क ढल्न हो
त्यसैले म, जुनसुकै ठाउ“मा
जुनसुकै बेला ढालिन सक्छु
मारिनलाई कुनै कारण चाहि“दैन
यो कविता लेखेकै कारण
माओवादीको आरोपमा मारिन सक्छु
सुराकी गरेको आरोपमा छाला काढिन सक्छु

मनभरि त्रासदी छ
सरुभक्तको समय त्रासदी जस्तै
त्यसैले म आहुतिको स्खलन झै“
आफूलाई छेक्न सक्दिन“
गोपालप्रसाद रिमालको झै“
आमाको सपना लेख्न सक्दिन“ ।”

नेपाल साप्ताहिक
अंक १२४

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *