Skip to content

नेपाली साहित्याकाशकी उदयमान कवि शुश्री तारा पराजुली


१.पृष्ठभूमि र परीचय –

हुन पनि यो समाज हरेक क्षेत्रका हल्लाहरूमा रुमानी गीत गाई बस्छ । उसलाई सही नै लाग्छ, यहाँ जता पनि मिडियामा हात हुनेहरूले नै हाली मुहाली गरिरहेका किन नहुन् । यसैले सोझो रुपमा यसो पनि भन्न सकिन्छ कि यहाँ मौन, सरल व्यक्तिको वकालत गर्नेहरू कमै छन् । साहित्य पनि त्यो कुराबाट अछुतो छैन । यहाँ पलासलाई गुलाब भन्नेहरूको जमात नभएको होइन । अनि तुलसीलाई झार भन्नेहरूको आवाज पनि नसुनिएको होइन । यति सम्मकि आफ्नो गुट या विचारधारा नअङ्गाल्ने व्यक्ति राम्रै सर्जक भए पनि नस्वीकार्ने सन्कृणता साहित्य भित्र नजानिदो तबरले घनिघुत हुँदै गै रहेको छ । तर दलगत गुटगत स्वार्थ बोक्नेहरूको बाबजुद पनि कवितामा राम्रा सम्भावना बोकेका कविहरू पनि छन् ।

यसरी टाढा बसेर आफ्नो सृजनामा मात्र तल्लिन कविहरू मध्ये एक हुन् साङ्गपाङ्ग गा .बि .स .५, भोजपुरमा आमा धनमाया पराजुली र बाबा यदुनाथ पराजुलीको शन्तानको रुपमा जन्मेकि हाल डागिहाट बेलबारीलाई मात्र नभएर समग्र मोरङ्गलाई नै आफ्नो साहित्यको कर्म क्षेत्र बनाउदै अघि बढेकी युवा कवि सुश्री तारा पराजुली । नेपाली साहित्यलाई घनिघुत रुपमा माया गर्ने पराजुली स्वयं पनि नेपाली विषयमा स्नाकोतर हुन् । उनीले मोरङ्ग डागिहाट्मा बसेर आफ्नो साहित्यका साधनाको अलाबा आफ्नो कर्म भने भविष्यका कर्णाधार नानीहरूलाई सु-शिक्षित गर्दै ज्ञानोदय आवासीय बोर्डिङ्गमा संस्थापक शिक्षिका भएर काम गर्दै गरेको देखिन्छ ।

१.१ श्रष्ट्राले अङ्गालेका बिधाहरू

यिनले शुरुमा चार कक्षामा हुँदै कवितामा प्रथम स्थान ल्याएर हुने बिरुवाको चिल्लो पातको उपमा आफूलाई लागू गर्न समर्थ भइन । अहिलेसम्म को यिनको साहित्य कर्म हेर्दा गीत, बालकथा सङ्ग्रह हुँदै कवितासम्म देखिएको छ । यिनको अर्को राजमार्ग नामक कविता छिट्तै बजारमा आउन लागेको छ । यिनका कविताहरूले आफनो कविताको आफ्नो क्षितिजलाई फराक र चौडा बनाइसकेका छन् । किनकि प्रेमिल र सामाजिक यतार्थबादको बुट्टाहरूले कुदिएका यिनका कविताहरू पढ्दा बिछ्ट्तै आनन्द आउँछ ।

१.१.१ श्रष्ट्राले पाएका पुरस्कारको नालीबेली;

साहित्य कर्म आफैमा एक उतम विषय भए पनि समय समयमा सर्जकलाई प्रगेलिने अभ्यास भएन भने चाहे जतिको सन्टुष्टी या उपादायतामा अलमल हुन्छ । कैयौ सर्जकहरू लेख्ने मात्र तर समयको कालखण्डमा कुनै पुरस्कार र अभिनन्दन नहुदा अन्यौलता पैदा भएको नदेखिएको होइन । तर पुरस्कारकै निम्ति र प्रसन्शाकै खातिर लेखिनु पर्छ भन्ने यो समिक्षकको राय नि होइन, तर यति हुदा हुँदै पनि पुरस्कार यस्तो कशी हो लेखकलाई अँझ अघि बढ्न प्रेरणा
मिल्ने कुरालाई भने नकार्न सकिँदैन । अत तारा पराजुलीले आर्जन गरेका पुरस्कारहरूले उनलाई अँझ प्रखर र लगनशील बन्नेमा मानक बन्छ नै ।

उनीले पाएका पुरस्कार र सम्मानहरू यश प्रकार रहेका छन् –

क)प्रेम चन्द अवार्ड नेशनल रङ्ग भारत – २०७२
ख)पूर्वान्चल स्तरीय कविता पुरस्कार २०६४
ग)मोहनलाल मनोरमा वाणी पुरस्कार २०६८
घ)राष्ट्रब्यापी कविता पुरस्कार २०७१
आदि आदिरहेका छन् ।

१.२कविप्रतीको मेरो धारणा

मैले उनीलाई प्रत्यक्ष भेटेको छैन । मैले उनीलाई फोटोमा बाहेक कहीं कतै देखेको पनि छैन । त्यो भन्दैमा मैले उनीलाई नचिनेको भन्न मिल्दैन । मैले उनीलाई चिन्न थालेको बिगत दुई वर्षबाट हो । त्यो पनि उनका शुन्दर
कविताको माध्यामबाट । मैले तारा पराजुलीलाई पैले समकालीनमा प्रकाशित कविताबाट प्रगेल्ने मौका पाए । त्यस पछि उनीद्वारा नै वाचित युटुबको कविताबाट । अनि अहिले एफ बिका भितामा उनीद्वारा कोरिएका कविता पढेर म लठ्ठिएको छु ।

२.नेपाली साहित्यमा उनको साहित्य कर्म र प्रवृत्तिहरू

उनका कवितामा पाइने प्रवृत्तिहरूमा माटोको माया, समाज प्रतीको सद्भाव, नेपाली मौलिकताप्रतीको रुचि, बुढाबुढी, बच्चा आमा, बाबा र सबै किसिमका मानिसहरू प्रतीको ममता, देशको अन्यौलता प्रति गम्भीर अन्याय, अत्याचार, बन्ध, हड्तालको बिरोध, देशको भूगोलप्रति चिन्ता नै हुन्, उनी आफ्ना कवितामा सरल र सबैले बुझ्ने किसिमले प्रस्तुत भएकि हुन्छिन ।

तारा पराजुलीका कविताहरू खेतबारीमा झुलेका लटरम्म अन्नहरू हुन् । जो देखेर जो कोही लालयित हुन्छ । यिनी आफै त कैले केही भन्दिनन तर उनी कविताद्वारै सबै कुरा पाठकको हृदयमा स्थापित भैसकेकी हुन्छिन् । हामी वरपरका विम्बहरू टिपेर त्यसलाई हाम्रो पहुचमा राख्दै पाठकीय संवाद पस्कनु कवितामा उनको यौटा नवीन कला हो जस्तो लाग्छ मलाई ।

तल हेरौ उनीद्वारा सृजित कविताका केही वान्किहरू

क) दसौं वसन्तपश्चात्
रङ बिरङका रहर भरिला सपना बिसाउनलाई
आउँदै गरेको एउटा परदेशीझैँ
दुवै चुल्ठोमा गुराँसका थुँगा सिउरिएकी
एउटी पल्लविनीलाई सुकिलो ऎना देखाउँदै
हतारमा बगिरहन्छ पिखुवा ।
-(भोजपुरसितै ट्याम्के कविताबाट)

ख) बिताएकै हु थुप्रै प्रेमपर्वहरू
चौतारीको एक्लो पिपल भएर
बगाएकै हु आँखामा साउन तमोर भएर
अह देखिन कतै तिम्रो आस्थाको हिउचुली ।
– (अस्वीकृतिक उपहार कविताबाट)

ग) हरेक देशले
दिनहु हेर्ने शुकिलो ऐना
कविको हातमा हुन्छ
त्यसैले हिउलाई आगो
र आगोलाई हिउँ भन्न सक्तैन
एउटा महान कवि ।
-(कविको चिहान कविताबाट)

घ) रोकेर एकैछिन
एकाध झन्कारहरू
एकास्सी तिमी मेरो आँखामा पोखियौ
जस्तो कि,
एकानाश बजिरहने धुङ्गे धारो ।
– (धुनहरूको देश कविताबाट)

ङ) निदाउरो छ दिन
चिर निद्राबाट जुरुक्क उठेको छ जाडो
गह्रौङ्गा छन् फूलका पत्रहरू
निश्चित अवधिका लागि बसाइ सर्दै छन्
अनौठो सङ हिमाली घामहरू
पुरानो कन्तुर खोलेर झिक्दैछिन् हजुरआमा
पोहोर साल थन्क्याएका जाडोका ओखतीहरू
आफ्नै अनुहारका फोटोकपी जस्तै खुम्चिएका छन्
हजुरबाका कोट र गलबन्दी ।
– (हिउदका दिन कविताबाट)

३.श्रष्ट्राको मूल्यांकन र उपसन्हार

उनका कविताहरू मकैबाट उठेका फूलहरू हुन् । यिनको साहित्य अभिरुचिलाई जगाइराख्न सबैले आ आफ्नो ठाउबाट हैशे गर्नु पर्छ । यिनी पूर्वान्चलकै साहित्यिक नक्षत्र मात्र नभै देशभर फैलावट हुँदै गरेकी उदयमान साहित्यिक प्रतिभा हुन्, यौटी उदयमान कवि हुन् मेरो तर्फबाट साहित्यको महान यात्रामा कवि सुश्री तारा पराजुलीलाई प्रगतिको हार्दिक शुभ कामना । शुभ पल ।

-विवेक दुलाल क्षेत्री दमक
दमक, झापा
हाल ; अबुधाबी, युएइ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *