कहिले त मन
खुल्ला आकाश भएर टागियोस्
आलश्यहरूलाई हटाउदै
कहिले त खुशी
ताराहरू भएर चम्कियोस्
दुखका बलेशीहरूलाई सुकाउदै
कहिले त यही पल
खुल्ला लोभ लाग्दो
हरियो चौर भएर हिडोस् स्वतन्त्र ब्रह्माण्ड
कहिले त यहिरहर बाचोस्
ताराहरूको जस्तो चम्किलो जिन्दगी
तब पो जिन्दगी जिन्दगी जस्तै हुन्छ भरिलो
अनि पो यो मन
शीतल पवन जस्तै हुन्छ लोभ लाग्दो।
हुनसम्मको घामको ज्यादती सहेर
जिन्दगी कालो अलकत्रे सडक झै
कुरुप र नाङ्गो भुतुङ्गो भएको छ
चलमलाउन नदिने आवश्यकताको
चुङ्गुलमा पसेर यो जीवन
चिरिएको जमिन जस्तो पट पट फुट्दो छ
कैले पो हो उघृने हो सार्थक बचाइको क्षितिज
खै ब्यथाको झरीले पो निथ्रुक्क छ
आफनै परिचयको मुहार ।
थाहा छैन किन हो !
लक्ष्य पीडाको अपहरणमा खोसिए जस्तो ?
अह के भएर हो !!
जीवनको सारा प्राप्ति चक्रब्युहमा परेको जस्तो ?
प्रश्नको केलेवारमा
अब खुशीको कुनै रङ्ग छैन
मुटूका कुना कुनामा गुलाफहरूको
उफ् ! कुनै पनि स्नेही ढुक ढुक छैन
हिजो जस्तै अस्ति जस्तै समयले दिन बित्यो भनेर क्यालेन्डरको पाना पल्टाइरहेछ
उन्नतीको सगरमाथा मनमनै आफैभित्र
आफ्नो उचाइ घटाइरहको छ
उमङ्गको जीवन
फुङ्ग धुलो जस्तो वारि पारी पो उडिरहेछ।
अब मैले निर्धक्कशित
मान्छेको सौर्यको गीत गाउनु छ
मैले खुलेआम खिसी टियुरीहरूलाई
टुटेका बिगृएका भङ्गला सपनाहरूबाट बगाउनु छ
मैले अलिकति जागरको माटो पनि लिनु छ
हो यसैले त म आफ्नै भूगोल र सामार्थ्यको
पहिचानमा उक्लन चाहन्छु
अनि त म उदाशिनताका काला बादललाई हुर्याएर
शान्तिको कोरश टाढा टाढा घन्काउन चाहन्छु
मानव जीवनको आयाम र रहरहरूमा
कहिल्यै नथाकेर।
अस्तु
@विवेक दुलाल क्षेत्री “दमक”
दमक,झापा
हाल; अबुधाबी,यू ए यी ।
