तिमीले ऐना हेरेर मुस्कुराउदा
मैले मैले त्यसो नगर भनेको छैन
तिमीले चुरा पोते लगाउदा
मैले यो के गरेकी भनेको छैन
तिमीले भजन किर्तन गर्दा
मैले अब बन्द गर भनेको छैन
तिमीले साँझ बिहान कम्फ्युटर खोल्दा
मैले यसो गर्नु हुँदैन भनेको छैन
तिमीले स्कुल क्याम्पस जा दा
मैले यो राम्रो काम हैन भनेको छैन
तिमीले सभा, सम्मेलनमा दुई चार कुरा राख्दा
मैले तिमी धेरै जान्ने भयौ भनेको छैन
तिमीसित एक अप रिचित व्यक्तिले बाटो सोद्दा
जानेको कुरा नबताउनु भनेको छैन ।
ल अब सुन मेरो कुरा
प्रियात्तमा ! तिमी त मेरो जीवनकी संगीनी हौ
मेरो दु:ख सुखको समरभूमिमा
मलाई साथ दिने नारी योद्धा हौ
तसर्थ हर दम तिम्रो भावनाको
कदर गर्छु मात्र भनेको हुँ।
साहित्यिक नाम: विवेक दुलाल छेत्री “दमक”
वास्तविक नाम: भानुभक्त दुलाल
स्थाइ ठेगाना: दमक, झापा
हाल्: अबुधाबी, यु ए ई
