१)
गरिबलाई दुनियाले झन् गरिब बनायो
शान्त बिष्णु थियो, अचम्मको शिब बनायो
अब त बिद्रोह गर्छ, आफ्नै भोक र रिससित
भाग्यलाई दोष दिने अचम्मको जीव बनायो
२)
हिड्दै गर्दा बाटो भरी भैगो मैले तिमीलाई सम्झे
धरतीको माटोभरी भैगो मैले तिमीलाई सम्झे
सुख र दुख बेगरको कस्तो होला र जीवन
स्मृतिको पाटोभरी भैगो मैले तिमीलाई सम्झे
३)
फूल जस्तो मुहार तिम्रो, त्यो सधै हशिलो छ
बदाम जस्तो ओठ तिम्रो, त्यो सधै रसिलो छ
दुनियाले हेरे हेरोस्, आँखातरि हामी दुइलाई
नङ मासु जस्तो माया तिम्रो, त्यो सधै कसिलो छ
४)
भोकासित खाना माग्ने हात धेरै सस्तो
अरूलाई खुचिंग गर्ने बात धेरै सस्तो
कतै छैन मानवता फूललाई लुक्षेपछि
परचक्रीको क्रूरतामा रात धेरै सस्तो
५)
पिर मर्का पर्दाखेरी आशु चुहाउने कोही छैनन्
असत्य र कुकर्मलाई कुहाउने कोही छैनन्
जति छन् वर पर अर्कै लाग्छन् त्यसै त्यसै
स्नेहको कुवा खनी नुहाउने कोही छैनन्
अस्तु :
@विवेक दुलाल क्षेत्री “दमक ”
दमक, झापा
हाल :अबुधाबी, यू ए ई