तिम्रो नजरमा सधै, परदेशी भएँ म
तिमी कञ्चन झरना, खोल्सी भएँ म
जसै नजिक आउछ, बदामी नजर त्यो
सम्हालिन खोज्छु तर, बेहोशी भएँ म
मेरो लागि त प्रिय, तिमी नै सबैथोक
साँझ बिहान आउनु है, हलेशी भए म
आकाश झैँ सफा छ, तिम्रो तन, मन
हर घडी र हर पलमा, खुशी भए म
@विवेक दुलाल क्षेत्री “दमक ”
दमक, झापा
हाल :अबुधाबी, यू ए ई
