अनिश्चित भविष्य देखेर


अनिश्चित भविष्य देखेर डर लाग्यो
ब्यर्थै अर्काको भूमि टेकेर डर लाग्यो

भगवान्भन्दा ठूलो कोही छैन तर
खुशीको गला रेटेर डर लाग्यो

सज्जन, सन्त, पादरीको भेषमा आज
दुश्मन जताततै भेटेर डर लाग्यो

कहीं रहेनछ मनभरिको सन्तोष
अभाव-तनावले छेकेर डर लाग्यो

चिनेकाहरू नचिनेको अभिनय गर्छन्
आफ्नो भन्ने शब्द मेटेर डर लाग्यो

अस्तु:

विवेक दुलाल क्षेत्री दमक
वास्तविक नाम : भानु भक्त दुलाल
दमक, झापा
हाल : अबुधाबी, यू ए यी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *