Skip to content

नन्दलाल आचार्य

जीवनका गहिरा खत र दर्दहरू

  • by

मित्र पुन्यजी,

अभिवादन !

यी अक्षर कोरुन्जेल चाहिँ शारीरिकरूपमा ठीकै छु । मानसिकरूपले भने यस बखत असाध्यै थलिएको छु । ज्यादै भयानक मृत्यु बोकी फुकिफुकी पाइला चाल्दै छु । अनौपचारिक वार्तालापका क्रममा मित्र सन्तोष अधिकारीले भनेका कुरा सम्झिरहेछु । उनी भन्थे– ‘म यही ठाउँ (सप्तरी), यही घर र यही समाजमा जन्मेँ, हुर्कें र एम.एड. समेत गरेँ । अहिले पनि यही समाजका स–सानादेखि किशोरावस्थासम्मका नानीहरूलाई विद्यालय र कलेज दुबै ठाउँमा पढाउँछु ।

नेपालीय मैथिलीको अर्को उपहार – ‘भगजोगिन’ कविता सङ्ग्रह

  • by

राजविराज–८, सप्तरी निवासी, शिक्षा, सञ्चार र अन्य सामाजिक कार्यमा सक्रियताका साथ जुटिरहेकी जुझारु व्यक्तित्वको नाम हो– करुणा झा । साहित्यसाधकले जेजस्तो जीवन भोगेको छ, जुन कुरामा आफू रुझेको छ र जेले आफूलाई छोएको छ, त्यसलाई नै हुबहु लिपीवद्ध गर्छ । यसो गर्दा कतै आफूलाई चरम आनन्दमा पुर्याएका कुरा पर्न सक्छन्, कतै नराम्ररी बिझाएका कुराहरू व्यक्त हुन सक्छन् । साधक स्रष्टा मात्र नभई जीवन र जगत्को द्रष्टा पनि हुन पुग्छ । त्यस्तै आफूले भोगेको युगीन पीडा, छटपटी बेचैनी, सङ्गति–असङ्गति, आशलाग्दो समय र विरसिलो अवस्था सबैको प्रतिनिधित्व सर्जक झाबाट भएको छ ।

सेतो कपडामा दाग लागे

  • by

सेतो कपडामा दाग लागे मेट्न गारो हुन्छ
मूर्ख मित्रभन्दा विद्वान् शत्रु भेट्न सारो हुन्छ ।

मित्रता जोड्न सोच्नुपर्छ, जोडे छाड्नुहुन्न
निश्चय नराखी लक्ष्यमा पुग्न आँखामा छारो हुन्छ ।

तँजस्तै म

प्रिय महाशून्यजी,

आज म तँसँग मन खोल्दै छु । मैले तेरो माध्यम भेट्टाएको छु । तँलाई मनैदेखि माया गरेको डेढ दशक वित्न लाग्यो । आजसम्म बाटो हेरेँ । चारैतिरबाट अवसर आउला कि भनेर प्रतीक्षारत् रहेँ । कतैकतैबाट आउँदा भने द्विविधामा परेँ । देशले पनि शान्तिको श्वास फेर्यो । लामो द्वन्द्वबाट एउटा चरणमा चढ्यो । तर, जल्दाबल्दा दर्जनौँ समस्याहरू छन् । समाधानहरू पनि साथमै छन् । सरल छन्, सहज छन् । जसले पनि सहजै भन्न सक्छ । लामो फेहरिस्त खुरुखुरु प्रस्तुत गर्न सक्छ । म पनि त्यहीँ नजिक उभिएको छु, देखिरहेको छु– म चक्रब्यूहमा फँस्दै छु, फँस्दै छु । ‘फँसेँ, फँसेँ’ भन्न सक्छु । फँसेको आभाष पाउँछु तर निस्कने ठाउँको भेउ पाउदिनँ । मरिकाट्टे चक्रब्यूह तोड्न सक्दिनँ ।

गजलमय पल्लव साहित्यिक कार्यक्रम

सोधखोज गर्दै पुगियो लायन्स चोक स्थित लायन्स भवनमा । म र अरविन्दकुमार यादव त्यहाँ १० बजे विहान पुग्दा पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइलो’ अतिथिहरूलाई स्वागत गर्न तम्तयार भेटिए । उनले अनौपचारिक कुराकानीमै मझेरी डट कम पहिलो ठूलो ईपत्रिका भएको र दोस्रो स्थानमा पल्लव डट कम डट एनपी रहेको जानकारी दिए । पल्लव साहित्यिक पत्रिका, पल्लव साहित्य प्रतिष्ठान र पल्लव डट कम डट एनपी (ईपत्रिका) बेग्लाबेग्लै नभएर एक अर्काका परिपुरक रहेको अभिमत जाहेर गर्न समेत उनी पछि परेनन् । मझेरी डट कमले चिनाइदिएका गोर्खे साइलो र ठिस बुढा दुबैलाई एक साथ भौतिक रूपले साक्षात्कार गर्न पाउँदा धन्य, धन्य भएँ र मझेरीलाई मनमनै धन्यवाद टक्र्याएँ ।

बाँसको तामा

  • by

बाँसले तामा हाल्ने समय थियो । दिउँसो तरकारी खान तामा दिनुस् भनेर माग्न आउने मान्छेलाई बुबाले रित्तो हात फर्काउनुभएको थियो ।

त्यस साँझ बाँस झाँङमा बच्चा रोयो । कस्को बच्चा भन्दै म त्यता दौडन लागेको थिएँ, आमाले रोक्नुभयो र मरेको बच्चा रोएको हो, जान हुँदैन भनेर घरभित्र लगेर झ्यालढोका बन्द गर्नुभयो ।

वनकाली

  • by

एक दिन ढुङ्गामा देउता हुन्छन् भनेर मानिसहरूले ढुङ्गो पुजेको थाहा पाएँ । कहिल्यै नदेखिने र नभेटिने यी देवता कस्ता रहेछन्, हेर्नै पर्यो भनेर एक रात मन्दिर छिरेँ । निर्जीव ढुङ्गो अचल भएर ठडिएको थियो, जति बोलाए पनि, जति पुकारे पनि त्यसले आवाज निकालेन ।

‘बोल, बोल ! बोल, देउता, बोल’ भन्दै अर्को ढुङ्गाले हान्न थालेँ ।

मैथिलीमा रुने स्रष्टा धीरेन्द्र प्रेमर्षि

  • by

मिथिलाञ्चल कला–संस्कृति, रहनसहन, पर्व मेलामा धनी छ । नेपालीहरूको सांस्कृतिक सम्पत्तिको ठूलो हिस्सा मिथिलाञ्चलले ओगटेको छ । मैथिल नारीहरू सर्जक बनेर सिर्जना गर्ने मिथिला चित्रकला त नेपालीहरूको निजी सम्पदा बनेको छ । विश्व माझ नेपालीलाई चिनाउने एउटा अनुपम कडी बनेको छ । जानकी मन्दिर, शखडेश्वरी भगवती मन्दिर, राजदेवी मन्दिर, कंकालनी मन्दिरजस्ता मन्दिरहरू विश्व हिन्दू धर्मावलम्बीकै पवित्र तीर्थस्थल हुन् । मधेशका रत्नपुत्रपुत्रीहरूले नेपालको मान र सान उच्च बनाएको जिउँदो इतिहास हाम्रा सामु छँदैछ ।

वसन्त आएन, बाटो नै पाएन (सवाल-जवाफ कविता)

  • by

सवाल कविता : वसन्त आएन
-रामविक्रम थापा

न्यानो आएन
उज्यालो आएन
नाङ्गालाई कपास आएन
भोकालाई भात आएन
रोगीलाई औषधि आएन
बैशाख एक्लै आयो
बसन्त आएन ।

जवाफ कविता : बाटो नै पाएन
-नन्दलाल आचार्य

आएन हैन आयो
न्यानो असहज भएर आयो
भविष्य धरमरिएर आयो
नाङ्गालाई झन् पीडा आयो
भोकालाई अझ हैरान आयो
रोगीलाई चाँडो मृत्यु आयो
बैशाखसँगै घनघोर चट्याङ्ग आयो
रोग, भोक र शोक अझ थप भएर आयो
त्यही बाटो हुँदै आउनुपर्ने
बसन्तले चाहिँ बाटो नै पाएन ।

दाइको व्यथा

प्रिय भाइ,
शुभाशीर्वाद !

आकाश गर्जन्छ, पानी बर्संदैन । हिमाल फुलेको महसुस हुन्छ, खेतमा फुङ्ग धूलो उडेको भेटिन्छ । लामो समयसम्म जनताको तिरो खाएर जिम्माको कामको टुङ्गो नलगाई घर फिरेका आधा दर्जन मान्छे गाउँ चहार्न हिँडेको देखिन्छ । तीमध्ये आधा जतिले भोलिबाटै काँधमा हलोजुवा बोकी खेततिर लाग्नुपर्छ । दिनमा असिनपसिन भएर काममा जोतिनु र साँझ पख घर फर्कनु अनि खाना खाएर आकाशका तारा गन्नु नै उनीहरूको दिनचर्या हुन्छ । नजिकै नहर दौडिरहेछ । त्यो नहर हेर्नका लागि मात्र त्यो बाटो भएर बग्छ । खेतमा पानी सिञ्चित हुँदैन ।

तर्साउने कृति : ‘तन्द्रामा अमेरिका’

  • by

धीकुश्रेज्यू, ‘तन्द्रामा अमेरिका’ बाट हँसाउन सक्नुभएन । थोरै हसाइँ पनि के हँसाइ ? हँसाउन खोज्दाखोज्दै कतैकतै रुवाउनुभयो । यसो भन्दाभन्दै एउटा कुरा भनिनँ भने अनर्थ होला । त्यो के भने— तपाईंले पाठकको मन जुरुक्कै उचाल्नुभयो । उदयपुरको माटोले जन्माएका स्रष्टा गम्भीरबहादुर थापाकै बाटोका अर्का अनुयायी कवि लेखबहादुर कार्की भन्थे–‘म जहाँ पुग्छु, त्यही मेरो घर हो । म पढेको मान्छे हैन, अक्षरसम्म चिनेको मान्छे हुँ । म डुलिहिँड्ने र हरेक ठाउँको हालखबर मनमा गुनिरहने यस युगको नारदजस्तो पात्र हुँ । म सकुञ्जेल हिँड्छु र जनता जगाइरहन्छु । म जे देख्छु, त्यही लेख्छु ।

आधुनिक प्रविधिले सताउँदा

  • by

सोचिरहेको कुरा एउटा हुन्छ भइदिन्छ अर्कै । एकसुरमा हिंडिरहेको मान्छेको ध्यान गन्तव्यविन्दु मात्र हो । ऊ गन्तव्यविन्दुमा नपुगीकनै अन्यत्र पुग्यो भने उसको मनमा युद्ध गर्ने योद्धाहरू जन्मिन्छन् । कसैका हातमा भाला हुँदा हुन्, कसैका साथमा बम र बन्दुक । आखिरमा युद्ध हुन्छ नै । त्यस युद्धमा ऊ स्वयम् थकित हुन्छ र लत्र्याकलुत्रुक पर्छ । त्यसपछि भने पछुताउँदै पुनः गन्तव्य विन्दुतर्फ लाग्छ ।

त्यस्तै परिस्थितिलाई मैले पनि पिउनुपरेको छ । त्यस्तै अवस्थालाई पचाएर जिउँनुपरेको छ । कतै शब्दमा उन्नलाई शिर निहुर्याउनुपर्ने अवस्था वहन गर्नुपरेको छ । सास रहुँञ्जेल संसारको फेसनलाई नस्वीकार्दा पाखे भइएला कि भन्ने त्रास पनि बोक्नुपरेको छ ।

ठूलो विचारले सुख जताततै

मेरो दिमाखमा हर्दम एउटै कुरा नाचिरहेको हुन्छ, बन्दुकसँग बन्दुकले नै युद्ध गर्नुपर्छ, कलमसँग कलमले नै युद्ध गर्नुपर्छ । कलमसँग बन्दुक युद्ध गर्न आयो भने त्यो जस्तो घृर्णित अर्को काम युद्धको नियममा नहोला । आफ्नो विचार प्रकट गर्न पाउनु सबैको अधिकार हो तर विचार लाद्न खोज्नु कसैको अधिकार होइन । त्यतिञ्जेलसम्ममा झट्टै मेरो मन खाएका र मैले केही नजिकबाट जानेका पत्रकार एवं साहित्यकार कृष्ण सेन “इच्छुक” हुन् । उनको ओजस्वी कलमी पराक्रमसँग कलमले नै लड्न शक्ति हराएकाहरूले बन्दुकको वलले त्यस्ता अभूतपूर्व शक्ति भएका व्यक्तिको भौतिक लीला सदाको लागि यस धरतीबाट विलीन पारेको खबर पाएर आलोकाँचो मन औधी रोयो । युद्ध परिवर्तनका लागि हुन्छ ।

‘सहर’ कथाको वस्तुवादी विश्लेषण

  • by

१. कथाकार परिचय

नेपाली साहित्यमा कथा, निबन्ध र उपन्यास विधामा दर्विलो स्थान बनाइसकेका स्रष्टाको नाम नै धीरकुमार श्रेष्ठ हो । उनले घतलाग्दा कथा लेखेर बालसाहित्यमा योगदान पुर्याएका छन् । नेपाली व्याकरण र नेपाली पाठ्यपुस्तकको निर्माणमा समेत सक्रिय श्रेष्ठले शब्दाङ्कुर, दीपशिखा, ज्योतिपुञ्ज जस्ता साहित्यिक र वार्षिक पत्रिका निरन्तर सम्पादन गर्दै आएका छन् ।

रूपचन्द्रको महानताको नालीबेली

  • by

‘तपाईंहरूका अघिपछि लाग्नुपर्छ । वैयक्तिक कामधाम त्याग्नुपर्छ । काम परेको बेलामा आडम्बरी र नपरेको बेलामा झपार्ने भाषा जान्नुपर्छ । सोझासीधालाई झुटा आश्वासन बाँड्नुपर्छ । जान्नेबुझ्नेलाई प्रलोभनमा अल्झाउनुपर्छ र बदलामा गाउँ कमिटी सदस्य वा धेरै भए जिल्ला स्तरीय नेता कहलाउन पाइन्छ । अहिलेचाहिँ मेरो नीति ठीक छ । म मतदातामात्र हुँ नेता होइन । नेतैनेता भएर परिवार खायो, समाज खायो र देस पनि कुटुकुटु खाइरहेको छ । यस्तो अवस्थाको जानिफकार हुँदाहुँदै म नेता बन्न थाले भने मेरो अन्तस्करणले मलाई नै धिकार्छ ।

उदयपुरे कवि लेखबहादुर कार्कीको स्थान

  • by

म जहाँ पुग्छु, त्यही मेरो घर हो । मैले जे दुःख झेले त्यो दुःख अरुले पनि झेल्नु नपरोस् भन्ने आकांक्षा सहित दुःखको सागर थुन्न म भ्रमणको मार्गमा लागेको हुँ । म पढेको मान्छे हैन, अक्षरसम्म चिनेको मान्छे हुँ । म डुलिहिँड्ने र हरेक ठाउँको हालखबर मनमा गुनिरहने यस युगको नारदजस्तो पात्र हुँ । म सकुञ्जेल हिँड्छु र जनता जगाइरहन्छु । म जे देख्छु, त्यही लेख्छु । नेताले नेपाल खाएको देख्दा, ज्ञानेन्द्रले नेपाल मासेको भेट्दा, सेनाले जनता मारेको पाउँदा, क्रान्तिकारी हुँ भन्नेले सामन्तलाई छाडेर निमुखा वर्गलाई पिरोलेको देख्दा, ठूलाबडाले गरिव निमुखालाई सताएको पाउँदा, वनजङ्गल मासेर मोजमस्ती गरेको भेट्दा टुलुटुलु हेर्न सकिन र लेखेँ ।

धनी नेपाल र हाम्रो मानसिकता

  • by

सुख सबैको भित्री इच्छा हो । समृद्धशाली बन्ने सबैको सपना हो । शान्तिको सुवास चारैतिर फैलियोस्, उन्नतिको मूल सर्वत्र फुटोस्, भातृत्वको भावना यत्रतत्र मौलाओस् भन्ने चाह सबको हुनसके उत्तम हुन्थ्यो । यही आकाङ्क्षा र अपेक्षा एउटा चोखो भावना हो । धेरै दुःख पछिको थोरै सुख पनि अमृत बन्छ । लामो समयसम्म कहर काटेपछि मनमा नौलानौला रहर जाग्छन् । ती रहर पूरा भए मान्छे गमक्क पर्छ, पूरा नभए भाँडभैलो गर्न तम्सला कि भन्ने त्रास हुन्छ । कलिलो मुनालाई निमोठ्न सजिलो हुन्छ । त्यो मुना जति कलिलो देखिन्छ, त्यति आशलाग्दो भविष्यको जलपले उज्ज्वल भेटिन्छ । कहर पछिको रहर ‘चाडै काम पाइयोस्, चाडै सुविस्थाको माम पाइयोस्’ भन्ने हुन्छ । ‘तातै खाऊँ जलि मरूँ’ पनि नहोला भन्न सकिन्न ।

शिक्षा क्षेत्रमा मण्टेश्वरी शिक्षण पद्धति

  • by

माया न्यायमा बस्नेहरुले पाउँछन् तर प्रशासन मायाले चल्दैन । जब माया, मोह र जालझेलमा प्रशासन चल्छ तब जनताका आँखाभरि आँसु देख्नुपर्छ अनि प्रगतिको ढोका बन्द नै देखापर्छ । नियमको प्रशासन विनाको काम मियो विनाको दाइँझैं हुन्छ । यस सत्यलाई कसैले भुल्न सक्दैन । मायाको प्रशासनले हामीलाई गरिब तुल्याएको छ । तर प्रशाासन नचले पनि शैक्षिक क्षेत्र भने मायाले नै चल्छ किनकि त्यहाँ संसार नै नदेखेका र नचिनेका सानासाना नानीहरु भेला हुन्छन् । शिक्षा दिनेलिने परिपाटीले नै हामी दरिद्र हुन पुगेका छौँ ।

कथनी एक करणी अनेक

  • by

म तपाईं च्याँच्याँ गरेको ठाउँमा कुसल-मङ्गलका साथ जीवनरथको सारथि बनेको छु । त्यहाँ तपाईं पनि मैले तोते बोली बोलेको र बामे सरेको ठाउँमा स-कुसल रहनुभएको समाचार समेटिएको पत्र भर्खरै मात्र प्राप्त गरेँ ।

मृत्यु-रेखा

१. मलाई लाग्यो,
ऊ आउँछ र थुम्काथुम्की सम्याउँछ,
अनि, चारैतिर सिरसिर वतास चल्छ,
कोलाहल ध्वनि मधुरतामा बदलिन्छ,
मसाले हात सिर्जनामा लहसिन्छ ।