आएन हैन आयो
न्यानो असहज भएर आयो
भविष्य धरमरिएर आयो
नाङ्गालाई झन् पीडा आयो
भोकालाई अझ हैरान आयो
रोगीलाई चाँडो मृत्यु आयो
बैशाखसँगै घनघोर चट्याङ्ग आयो
रोग, भोक र शोक अझ थप भएर आयो
त्यही बाटो हुँदै आउनुपर्ने
बसन्तले चाहिँ बाटो नै पाएन ।
हिमाल फुल्यो,
रक्तफाल्साले नदी सुसाएन
यस पाला बज्रेको कठोर बज्र
फेरि, फेरि
सुनामी भएर, स्वाइन् फ्लू, वर्ड फ्लू नाम गरेर
जितुवाको पंक्तिमा बस्यो
जित्नेले हार्यो, हार्नेले जित्यो
परिणाम सत्य आएन
समय त आयो, नयाँ वर्ष
तर बसन्तले आउने बाटो नै पाएन ।
जनघात बढ्न पुग्यो
मान्छे मन रुखबाट लड्न पुग्यो
दानव मन घरभित्र पस्न पुग्यो
रावणराज मात्र आयो
रामराजचाहिँ आएन
त्यसैले त,
बैशाख मात्रै नयाँ वर्ष लिएर आयो
बसन्तले भित्रने बाटो नै पाएन ।
तपेश्वरी १, गल्फडिया, उदयपुर, मो नं. ९८४२८२९२०६
पत्राचार ः लिट्ल फ्लावर मा.वि., राजविराज–९, सप्तरी फोन नं. ०३१५२००
