Skip to content


यो जिन्दगी खै
कस्तो कस्तो
नाकमुख नदेखेका
र नबुझेका लोग्नेमान्छेलाई सर्वस्व सुम्पनु पर्ने
मारे पाप
पाले पुन्यको जिन्दगी

आफ्नो भावना कता छ
केही ख्याल नगरी
अर्काको भावना
बुझ्नमा नै
जीवन विताउनुपर्ने
वाध्यता
के अन्याय भएन ?

छोरी मान्छेलाई चै जीवनको सर्वस्व
सुम्पन मिल्दैन ?
सृष्टिलाई चलाउने वहानामा
नारीले मात्र
पटकपटक मरेर
जन्मनै पर्छ !
के प्रकृतिले
नारीमाथि
अन्याय गर्नै पर्छ ?

4 thoughts on “घोर अन्याय”

  1. चाहना मात्र भएर नहुने रहेद्ध
    आचार्यजी के गर्ने कयौ कुराहरु हामीले चाहेर पनि संभव हुदो रहेनछ । आधुनिक अनि अत्याधुनिक जीवन व्यतित गर्ने देशहरुमा त एरेन्ज र कन्ट्याक्ट मेरिजको प्रथा रहेको अवस्थामा नेपाल जस्ती देशमा चिनेको मान्छेलाई मात्र जीवन साथी बनाउन सबै नारीहरुलाई संभव नहुने रहेछ ।

    जे होस कवित असाध्यै राम्रो छ ।

  2. चाहना मात्र भएर नहुने रहेद्ध
    आचार्यजी के गर्ने कयौ कुराहरु हामीले चाहेर पनि संभव हुदो रहेनछ । आधुनिक अनि अत्याधुनिक जीवन व्यतित गर्ने देशहरुमा त एरेन्ज र कन्ट्याक्ट मेरिजको प्रथा रहेको अवस्थामा नेपाल जस्ती देशमा चिनेको मान्छेलाई मात्र जीवन साथी बनाउन सबै नारीहरुलाई संभव नहुने रहेछ ।

    जे होस कवित असाध्यै राम्रो छ ।

  3. ठिस बुढा

    नन्दलाल आचार्य सरको “घोर अन्याय”…
    नमस्कार नन्दलाल सर ।
    हजुरको यो कविता मन पर्यो । गहिरो कविता ! र धेरै चोटि पढें, अनि, हजुरको शब्दशब्दले सोधिएको प्रश्नहरुको उत्तर सोच्न बाध्य बनें ।

    यो संस्कार वा कुरिति, बिरोध वा स्वागत…
    उत्तर अझै पाउन सकिन । र उत्तरको खोजिमा छु ।

    कविता पढ्ने मौका दिनु भएकोमा हजुरलाई मुरि मुरि धन्यवाद ।

    हजुरलाई शुभसमयको मंगलमय कामना ।

  4. प्रवीणजी र ठिसजी कुरा के भने
    कहिलेकाँही कसैको मनलाई सम्वोधन गर्नुपर्दो रैछ
    लेख्दा सहज तर कार्यान्वयन जटिल हुनु स्वभाविक हो
    आकार दिन खोज्या हो
    हामी नारीका लागि र निम्ति हौँ
    खै त्यहीबाट जन्मेऊँ
    भन्नै नसक्ने ठामबाट

    तीतो सत्य खोलेर विस्कुन लगाउनुहुन्नथ्यो
    तर मन देखाउन र मन बुझाइदिन
    (कसको भन्ने प्रश्न नआओस्)
    KARAN PRASHTA 6.
    विचार दिनुभो
    धन्यवाद
    दुबैलाई
    त्यसपछि सबैलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *