चिल्लो सडक रातभर सुख्खा रह्यो ।
भालेले बिहानीको सङ्केत गर्यो । दुई सयको हाराहारीमा रहेका विभिन्न चक्के गाडीहरूले सडक सिँञ्चित गर्न थाले ।
अघि अघि सशस्त्र र पछि पछि सेना भएपछि गाडीहरू निर्धक्क भएर दौडिरहेथे । तँछाडमछाड गरिरहेका तिनीहरूलाई रोक्न कसैको तागत थिएन । तुफान दौडनुमै ज्यान थियो । एकै क्षण रोकिँदा खरानी बन्नुपर्ने हुन्थ्यो ।
त्यतिकैमा एक यात्रु चालक कक्षमा आए । एकै क्षण रोक्न भने । उनले सहचालकलाई भन भने ।
यात्रु सहचालकतर्फ फर्किए । उनी टसको मस भएनन् । फेरि अनुरोध आयो । “हुन्न; जोखिम मोल्न सकिन्न ।” भन्दै रहे ।
ठाउँ आयो । गाडी किनारामा पुर्याइयो । यस गाडीको गन्तव्य यहीँ होला भन्दै सेनाको स्कटिङ गाडी अघि बढ्यो । सहचालकले चालकलाई गाडी दौडाउन भनिरहे । चालकले विपत आएको बहाना गर्दा भए ।
ती ओर्लन खोज्ने यात्रुसहित अन्य दर्जन जति जम्मा भए । गाडीमा पेट्रोल छर्कन थाले । गाडीकै डिजल निकाले । चारैतिर छर्किए । अन्य यात्रुको भागदौड मच्चियो । क्षणभरमै गाडी कुहिरीमण्डलमा बिलायो ।
पछि पो थाह भयो- चालक त आन्दोलनकारीसँगै मिलेका पो रहेछन् ।
-2072/05/17
-नन्दलाल आचार्य

पेष्ट गर्ने कोसिस
यस्तो देखियो । नेपालीमा लेखेको अङ्ग्रेजीमा पो देखियो ।
लघुकथा : आन्दोलन-8
-नन्दलाल आचार्य
चिल्लो सडक रातभर सुख्खा रह्यो ।
भालेले बिहानीको सङ्केत गर्यो । दुई सयको हाराहारीमा रहेका भिन्न चक्के गाडीले सडक सिँञ्चित गर्न थाल्यो ।
अघि अघि सशस्त्र र पछि पछि सेना भएपछि गाडीहरू निर्धक्क भएर दौडिरहेथे । तँछाडमछाड गरिरहेका तिनीहरूलाई रोक्न कसैको तागत थिएन । तुफान दौडनुमै ज्यान थियो । एकै क्षण रोकिँदा खरानी बन्नुपर्ने हुन्थ्यो ।
त्यतिकैमा एक यात्रु चालक कक्षमा आए । एकै क्षण रोक्न भने । उनले सहचालकलाई भन भने ।
यात्रु सहचालकतर्फ फर्किए । उनी टसको मस भएनन् । फेरि अनुरोध आयो । “हुन्न; जोखिम मोल्न सकिन्न ।” भन्दै रहे ।
ठाउँ आयो । गाडी किनारामा पुर्याइयो । गन्तव्य यहीँ होला भन्दैकख सेनाको स्कटिङ गाडी अघि बढ्यो । सहचालकले चालकलाई गाडी दौडाउन भनिरहे । चालकले विपत आएको बहाना गर्दा भए ।