बेलुका चार बजेको छ । कङ्कालीनी मन्दिरमा एक्कासि भीड बढेको छ । दर्शनार्थीहरूमा उमङ्ग कम निरासपन बढी छ । सबै पाँच बजेको पर्खाइमा छन् ।
एक स्थानीय नेताको मोवाइलको आवाजमा सबैको ध्यान खिचियो ।
“गाडीको मत छोडो । हडताल अनिश्चित हुआ है ।” आवाजको प्रत्युत्तरमा भीडले आन्दोलनको समर्थनमा नारा लगायो ।
पाँच बज्नासाथ प्रहरी कमाण्डर आए । हडताल समाप्तीको सम्झना दिलाए । उल्टै नेताले हडताल लम्बिएको सुनाए ।
“अहिले एक पटकलाई गाडी जान दिनुस् ।अनिश्चित होला भन्ने थाह नभएर तीन सय गाडी यहाँ थुप्रिएका छन् ।” कमाण्डरले मुख खोले ।
भीडबाट अघि सर्दै नेता चिच्याए-“इस वातको हमे लेनादेना नही है ।”
नेताको अस्विकृतिले कमाण्डर आक्रोसित भए । र, भने- “जनअधिकारका लागि जनताकै अमनचयन खोस्नु कत्तिको जायज छ ?”
नेता नाजवाफ भई फोन लगाउन थाले ।
–नन्दलाल आचार्य
सम्पर्क नं. मो. नं. ९८४२८२९२०६ वा ९८१७७२९५६५
कृतिहरू– ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ नाटक–एकाङ्की सङ्ग्रह, २०६७मा
प्रथम संस्करण, प्रकाशक– लक्ष्मी रिजाल
‘इच्छुक बकपत्र’ पत्रात्मक निबन्ध सङ्ग्रह, २०७०, पाण्डुलिपी
‘टुक्के दिदी र उखाने दाइ’ बाल एकाङ्की सङ्ग्रह, पाण्डुलिपी
‘कहाँ छस् ?’ नामक उपन्यास लेखन
‘गरिमा’ नामक कथा सङ्ग्रह (अपुरो)
उपनाम– अक्षान्त, ललादन्न, नेत्र पिए ।
