जसरी उर्लिन्छ कर्णालीको त्यो छाल प्रिय
उसै गरी बढेको छ मुटुको चाल प्रिय
बेरोजगारले अस्त व्यस्त छ दिनचर्या
फाटेको छ टाउको लुकाउँने पाल प्रिय
कति धिक्कारूँ भाग्यलाई धारेहात पारी
गहिरो भयो चिन्ताले गहमा ताल प्रिय
सबै कुरा तिम्रै अघिल्तिर छ छर्लङ्गै
बुझी बुझी नसोध यो दिलको हाल प्रिय
आफैँलाई बोझ भयो आज आफ्नै जिन्दगी
आउँदैन रै’छ इच्छा गर्दैमा काल प्रिय
गीता थापा (दोषी)

दोषी म्याडमको गजल पहिलेको
दोषी म्याडमको गजल पहिलेको भन्दा धेरै धेरै मिठो राम्रो भयो ।
सुरुवातै खतरा ! आँखा तान्ने, पढुँ पढुँ लाग्ने ।
“जसरी उर्लिन्छ कर्णालीको त्यो छाल प्रिय”
“उसै गरी बढेको छ मुटुको चाल प्रिय”
वाह !
अनि, लेख्नु भएको छ:
“कति धिक्कारूँ भाग्यलाई धारेहात पारी”
“गहिरो भयो चिन्ताले गहमा ताल प्रिय”
वाह !
र अन्त्य…
सार्है रुवाउने… सफल हुनु भो
“आफैँलाई बोझ भयो आज आफ्नै जिन्दगी”
“आउँदैन रै’छ इच्छा गर्दैमा काल प्रिय”
वाह वाह वाह !!!
मन पर्यो, शब्द शब्दले मन चोर्यो – आँखा रशायो !
धन्यवाद पढ्ने मौका दिनु भएकोमा ।
हजुरलाई शुभकामना !
शुभयात्रा !
बाई !