Skip to content

कस्को गल्ती कति भयो पाइनँ जोख्ने तूलो


-१-
कस्को गल्ती कति भयो पाइनँ जोख्ने तूलो?
मनभित्र आँधी चल्दा उड्यो भूइँको धूलो
गाँस, बास, कपासको जोहो गर्नु भन्दा बाहेक
यो छातीको माझमा बुन्या’ छैन सपना ठूलो

-२-
एक थोपा आँसु चुहाई बिदा गरे पुग्ने ठाउँमा
भयो प्रिय सबै आँसु नरित्याउनु मेरो नाउँमा
बाँचुञ्जेल हाँस खेल मरेपछि निस्सार जीवन
पराधीनको फलामे साङ्लो नअल्झाउँनु पाउमा

-३-
अलिकति जिउनलाई धेरै संघर्ष गर्नु पर्छ यहाँ
स्याबासी पाउन मरेर मृतसागर तर्नु पर्छ यहाँ
बिर्सिएर आफूभित्रको संसार जित्न सक्ने शक्ति
देउताको श्राप ठानेर अरुकै भर पर्नु पर्छ यहाँ

गीता थापा (दोषी)

2 thoughts on “कस्को गल्ती कति भयो पाइनँ जोख्ने तूलो”

  1. mukta sarai ramro lagyo, aru
    mukta sarai ramro lagyo, aru pani lekhdaijanu hola, padhne ra herne mouka hamile paudai jane 6oun,

Leave a Reply

Your email address will not be published. Required fields are marked *