Skip to content

च्यातेर धूजा नपार प्रियतम मायाको चिनो


-1-
च्यातेर धूजा
नपार प्रियतम
मायाको चिनो

-2-
आसाको दियो
बालेर पर्खिबसेँ
आएनौ फर्की

-3-
सम्झना मात्रै
बाँकी रह्यो अब त
तिम्रो नामको

-4-
जीवनदेखि
म हारेर अचेल
थाकेको हेर

-5-
अमृत भनी
विषनै पिलाउने
बैमानी तिमी

गीता थापा (दोषी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *