Skip to content


-१-
हावाको झोका
बिहानको प्रहर
शीत रमायो

-२-
एकान्त वन
कोइलीको आवाज
रुखको प्रीति

-३-
फूलको हाँसो
क्षितिजपारि घाम
धर्तीको स्पर्श

-४-
चैत्रको हुरी
सुकेका झारपात
बेहोशी आगो

-५-
नदीको तट
बकुल्लाको हुल
माछाको खोजी

-६-
तोरीको फूल
सरर बसाउदा
मौरी रमायो

-७-
कालो बादल
अन्धाधुन्ध दौडियो
धर्ती टोलायो

-८-
पुरानो घर
धमिराको निर्माण
माटोको थुप्रो

गीता थापा (दोषी)

2 thoughts on “आठ हाइकू”

  1. haaiku
    एकान्त वन
    कोइलीको आवाज
    रुखको प्रीति
    yo haaiku ramro lagyo

  2. फूलको हाँसो
    क्षितिजपारि

    फूलको हाँसो
    क्षितिजपारि घाम
    धर्तीको स्पर्श
    malaai manaparne haaiku

Leave a Reply

Your email address will not be published. Required fields are marked *