एउटा जीवन जिउन धेरै नाटक गर्नुपर्छ
जन्मिएको आँगन छोडी सात समुद्र तर्नुपर्छ
पसिनाका सहस्र धारा बगाई पीडाब्यथा लुकाई
आफ्नो पेट भोको राखेर साहूको ब्याज भर्नुपर्छ
जीवन भरको पुँजी दशगजाभित्र परेपछि
रावणहरूको ईशारामा पूर्व पश्चिम सर्नुपर्छ
यसो गरौंला उसो गरौंला भन्ने स्वप्ना बुन्दा बुन्दै
आखिरमा जस्तो जन्मिएकाथ्यौं उस्तै मर्नुपर्छ
गीता थापा (दोषी)
