Skip to content

सुस्तरी बोल कसैले सुन्लान फेरि


सुस्तरी बोल कसैले सुन्लान फेरि
बिनासित्ती झुठा कुरा बुन्लान फेरि

धेरै मिल्दा जुल्दा पनि शंका गरेर
औंला भाँच्दै गल्तीहरु चुन्लान फेरि

त्यसै पनि यहाँ निर्लज्ज छ दुनियाँ
दुनियाँ भन्दा निर्लज्ज भन्लान फेरि

सत्य देख्ने आँखामा कालो पट्टी बान्दा
असत्यको गुणानले गुन्लान फेरि

स्वन्त्रता र न्यायको कुरा उठाउँदा
सधैं अन्यायको घेरामा थुन्लान फेरि

गीता थापा (दोषी)

5 thoughts on “सुस्तरी बोल कसैले सुन्लान फेरि”

  1. malai man paryo
    didi u ko gajal sarai nai ramro 6 yasari nai gajal written ma pragati gardai janu hola yahi 6 mero subhakamana ok byeeeeeeeeeeeeee

  2. ठिस बुढा

    गीता थापालाई सुनि दिनुस
    🙂

    पहिलेको भन्दा घेरै राम्रो हुँदैछ हजुरको गजल लेख्ने तरिका ।

    मन पराउँदै आएको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *