Skip to content

धेरै भो गाउँ छाडेको सखी आउने रहर छ


धेरै भो गाउँ छाडेको सखी आउने रहर छ
लक्ष्मी पूजेर साँझको भैली गाउने रहर छ

फुलेको होला सयपत्री फूल सदाझैं आँगनमा
गाँसेर माला भाईलाई टिका लाउने रहर छ

देउराली पनि कुर्दै होला म आउछे भनेर
फूल र बाती बोकेर मन्दिर धाउने रहर छ

हरियो र रातो रंगले रङगीएको होला गाउँ
मलाई पनि उध्रेको छानो छाउने रहर छ

गीता थापा (दोषी)

3 thoughts on “धेरै भो गाउँ छाडेको सखी आउने रहर छ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *