नेताको आश्वासनले थाक्नसम्म थाकियो
केही हुन्छ भनि धैर्य राख्नसम्म राखियो
आज आज भोलि भोलि पूर्व क्षितिज हेरी
प्रचन्ड त्यो गर्मीले पाक्नसम्म पाकियो
खोइ बुझेको नेताले जनताको पिर-मार्का
लोलोपोतोमा इज्जत ढाक्नसम्म ढाकियो
एकपछि अर्को गल्ती हाँसी हाँसी गर्दागर्दै
निर्धोको बलीले सत्ता हाँक्नसम्म हाँकियो
गीता थापा (दोषी)

di
didi! sarai ramo lagyo all the best
दोषी नेताको आश्वासनले
मन छोयो… धन्नेबाद
तपाईको हाईकु भन्दा गजल सारै मन पर्यो। हाई बाट ध्यान हटाएर गजलमानै ध्यान दिनु हुन्छ कि?
शुभसमय