Skip to content


म गृहिणी
भात भान्साकै
गृहकार्यमै मेरो
दिन रात बित्छ

तिमीले खाएर
बचे कुचेकोलाई
प्रसाद सम्झेर
खाने मलाई बानी
परिसकेको छ

तिमीलाई सुखी
राख्न पाउँदा
तिमीलाई खुशी
देख्न पाउँदा
म धर्म कमिएको
आफूले असल
कर्म र कर्तव्य
गरेको भ्रमले
पुलकित बन्छु

त्यसको सट्टा
तिमीले मप्रति गरेको
अन्याय अत्याचार
घात प्रतिघाततिर
त्यति मतलव राख्दिन

किनकि तिम्रो दर्शन
र समाजले म लाटी
भएर बस्दा नै
औधी खुशी मान्छ
परापूर्व कालदेखि
चलिआएको
चलनचल्ती नै
यस्तै छ

तिम्रो सामाजिक
परम्परालाई कुल्चिएर
मैले जीवन जिउन खोज्नु
भनेको अस्तित्वहीन
लाचर र पतित बन्नु हो
त्यसैले छुट्टै
आत्मासम्मान
र अस्तित्व मेरा
लागि माग्न
हिच्किचाउँछु

म
बच्चै हुँदादेखि आफ्नो हक
र,हितका लागि
अग्रसरता हुन
रोक लगाइएको छ
मलाई
तिम्रो विरुद्ध जान्न
मनाही छ
त्यसैले त म अरुलाई
सम्मान गर्न जान्दछु
आफ्नो आत्मासम्मान
माग्न सक्तिन

म गृहिणी
भात भान्साकै
गृहकार्यमै मेरो
दिन रात बित्छ

तिमीले खाएर
बचे कुचेकोलाई
प्रसाद सम्झेर
खाने मलाई बानी
परिसकेको छ

गीता थापा (दोषी)

1 thought on “सामाजिक दर्शन”

  1. कबिता पढ्दा पढ्दै छिट्टै नै
    कबिता पढ्दा पढ्दै छिट्टै नै सकियो तर सबै शही कुरनै शही कुरा छन
    अब तिमी सत्य युगकी सिता हैन
    कली युगकी गीता बन्नु पर्छ
    उस्ले गर्ने गल्ती ,शही
    तिमीले जान्नु पर्छ
    हिच्किचार हुन्न अब
    अधिकार खोज्नु पर्छ
    पती पत्नी रथका पङ्रा
    एउटै लक्छ्य राख्नु पर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *