दुई दिनको रमाइलोमा रित्ती जाने मेल होइन
मैले गर्ने माया तिम्लाई सावनको भेल होइन
मैदानमा उत्रिएर प्रतियोगी बीच बाजी थापी
हार जीतको मोल लगाई खेलिने खेल होइन
मैले गर्ने माया तिम्लाई सावनको भेल होइन
स्वतन्त्र भएर उड्न सक्छौ तिमी निलो गगनमा
बाँच्न पाउने हकलाई खोसी थुन्ने जेल होइन
मैले गर्ने माया तिम्लाई सावनको भेल होइन
सत्य सत्य धरोधर्म देवता केलाई छुनु पर्यो?
अविश्वाशको खेती गरी बाँधी राख्ने नेल होइन
मैले गर्ने माया तिम्लाई सावनको भेल होइन
गीता थापा (दोषी)

yo po gajal waha gita ji i
yo po gajal waha gita ji i like it so so so so much
nice
nice
owwowoo
like it keep it