Skip to content


नैतिक, अनैतिक तरिकाले हुन्छ कि ढाटेर, लुटेर, चोरेर जे गरेर हुन्छ जीवनमा धन प्रसस्त कमाउनु पर्छ । धन नै हो समाजमा मान, ईज्जत, शान, शौकत, यएस आराम र मनलाई शीतलता दिने । आजको जमानामा सबैभन्दा ठूलो कुरा हो धन …. धन भए शिक्षाको पनि जरुरत पर्दैन भन्ने एक व्यक्तिको मान्यता थियो ।

त्यसै अनुरुप जीवनमा उसले विश्वासघात गरेर हुन्छ कि कसैको आत्मादुखाएर हुन्छ कि कसैलाई बिचल्लीमा पारेर हुन्छ धन प्रसस्त कमायो । जतिजति धन कमाउदै“ गयो । उसको धन प्रतिको भोक मेटिनुको साटो झन बढदै गयो । चौबीसै घन्टा सिर्फ धन जोगाड गर्ने ध्याउन्नामा मात्र ऊ रहनथाल्यो । त्यस वाहेक उसलाई अरु कुनै कुराको ध्यान रहेन ।

धन संचयगर्ने, यो पनि एउटा अनौठो रोग भनौ या नशा रहेछ । यसको न कुनै सीमा छ न पूर्णता । कुन बिन्दुमा पुगेर यो चाह पूर्ण हुने र पुग्यो भनी सन्तुष्टिको आभास मिल्ने ? एक जनाले भनेथे । यहा कमाएको पैसा परलोक जादा साथमा लिएर जान पाइदैन । सबै यही छोडि रित्तो हातजानु पर्छ । माया गरी स्याहारेको शरीर त साथमा जादैन भन्ने जान्दाजान्दै पनि मानिस यती लालची हुन्छन् भने साच्चिकै सबै कुरा साथै लिएर जान पाइन्छ भन्ने भएको भए मानिसले के के मात्रगर्थे होलान । यो कुरा त्यस व्यक्तिसँग ठ्याक्क मेल खान्थ्यो ।

उसको धनप्रतिको आशक्ति र धनकमाउन जे पनि गर्छ भन्ने कुरा वरपर छरछिमेक चीनेजानेका सबैमा ब्याप्त थियो । आफूलाई अजम्मरीपो ठानेको हो कि…जीवनमा उसले धन कमाउनु वाहेक दान, धर्म, सामाजिक कार्य केही गर्न भ्याएन ।

यही दौडा दौडमा यस धर्तीको दानापानी सकिएर अनन्त यात्रामा जाने दिनपनि आइसकेछ । एक दिन ऊ सदाकोलागि यस लोकबाट बिंदा भयो ।

आफन्तहरू बाजागाजा सहित अन्त्यष्टिको लागि उसको मृत शरीरलाई घाट तर्फ लादै थिए । बाटोमा एकत्रित बटुवाहरूको भीड उसको अन्तिम यात्रा भावसुन्य नयनले हेर्दै थिए । मृतकका परिचित, एक गरिब व्यक्ति दौडी दौडी त्यतै आइरहेथे ।

भीडबाट एक जनाले ती व्यक्तिलाई रोक्दै सोधे, “स्या स्या गर्दै हतार हतार कता जानलागेको बा ..?”

उनले कौतुहलताले केही खोजे झै यताउता हेरे अनि लाशतर्फ देखाउदै भने“जीवन भर मानवधर्मभन्दा पैसालाई ठूलो मानी महत्वदिदै आए । काकान लैजाउला जस्तो गरी पैसा कमाउनु सम्पति जोडनु बाहेक यिनले दानधर्म केही गरेनन । त्यस्ता लालचीले आज यस संसारबाट बिदा हुदा साथमा के के लगेछन भनी हेर्न आएको बाबु.”…

सुशीला देउजा
अभिव्यक्ति
२०६८ असार साउन

Leave a Reply

Your email address will not be published. Required fields are marked *