कस्तो रहेछ जिन्दगी, हारेर पनि बाँच्नु पर्ने
कसैको यादमा आसु, झारेर पनि बाँच्नु पर्ने
म जिउँदै छु भन्न पनि शरम लाग्छ मलाई
मनका सारा रहर, मारेर पनि बाँच्नु पर्ने
नजिऊँ पनि कहाँ आफ्नो मर्जी हो र जिन्दगी
सधैं सधैं काकाकुल्, पारेर पनि बाँच्नु पर्ने
स्वर्ग जस्तो देश छोडी उजाड मरुभूमिबिच
जिन्दगीलाई बसाइ, सारेर पनि बाँच्नु पर्ने
जिन्दगीको आरोह-अवरोहबिच भोक भोकै
कति बिहान बेलुकी, टारेर पनि बाँच्नु पर्ने
खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
हाल दोहा
