Skip to content

पिठो मैदा पारी दिल (आफ्नै बहरमा)


पिठो मैदा पारी दिल, पेल्नु पर्ने भयो यहाँ
कति चाह गर्भ भित्रै, बेल्नु पर्ने भयो यहाँ

हेर्दा हेर्दै बिधाताले, लात हान्दा खेरी अब,
आफ्नै छाती माथि परेड खेल्नु पर्ने भयो यहाँ

भित्र भित्रै खटरा भो, जिन्दगी को पाठ पुर्जा,
धक्का मार्दै जबर्जस्ती, ठेल्नु पर्ने भयो यहाँ

खुचिम भन्छन देखे, मुटु भित्र घाऊ हुँदा,
पर्दा लगाएर सधैं, छेल्नु पर्ने भयो यहाँ

बल्ल थाहा पाए मैले, यसरी नै बाचुन्जेल,
कति पीडा दर्दा चोट, झेल्नु पर्ने भयो यहाँ

खगेन्द्र खिलाफी
पाख्रिबास ४ कसेनी धनकुटा
हाल : दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *