सडकमा आगो बाल्ने, काम छ युवाको
प्रवासमा छिर्ने धेरै, लाम छ युवाको
राम्रो काम गर्न छाडे, आज किन कुन्नि?
हिंसा हत्या बलत्कारमा, नाम छ युवाको
खोज्नु पर्छ सिला गरी, गाउ घरमा युवा,
अरबमा जताततै, जाम छ युवाको
भेडा बाख्रा बेचे जस्तै, बेच्छ सरकारले
खाडीतिर सस्तो सस्तो, दाम छ युवाको
काम गर्नु केही छैन, चोरी लुटी ढगी,
सधैं रङिन स्वणिर्म, साम छ युवाको
खगेन्द्र खिलाफी
पाख्रिबास ४ कसेनी धनकुटा
हाल: दोहा कतार, रेगिस्तान
