Skip to content

मृत्‍युदण्ड हुनुपर्छ, अब बलत्कारीलाई


मृत्‍युदण्ड हुनुपर्छ, अब बलत्कारीलाई
सम्मान सद्भाव गर, छोरी चेली नारीलाई

सबैसामु फाँसी दिने, संविधान बन्नु पर्छ,
दलाल गिरोह अनि, अब भ्रण्टचारीलाई

जति रगतको खोला, बगाए नि आखिरीमा,
कलमले जित्छ सधैं, हतियार धारीलाई

संसारमा अरु कुनै, पाप अपराध हुन्न,
धोका दिदै घात गर्नु, आफ्नो प्राण प्यारीलाई

कति बस्नु परदेशमा, दासी बनी रोई रोई,
खन्छु जोत्छु अब बरु, आफ्नै घर बारीलाई

खगेन्द्र खिलाफी
धनकुटा
हाल – दोहा, कतार
रेगिस्तान,

Leave a Reply

Your email address will not be published. Required fields are marked *