बेकसुर निर्धालाई, घाटी नेकाउछन्
जाल झेल गरि यहां, घुडा टेकाउछन्
दु:ख अभाब के थाहा, ठुला धनीलाई,
महंगीले गरिबको, ढाड सेकाउछन्
जसरी नि पुग्छ जाली, शिखरमा सधैं,
निम्सरोका बेकारमा, बाटो छेकाउछन्
पैसा भएपछि यहाँ, मान्छे मारे पनि,
रिपोटमा आत्महत्या, भनि देखाउछन्
बाध्यता नि कस्तो कस्तो, जिन्दगीको साथी,
पानी पिई गरिबले, भोक मेटाउछन्
खगेन्द्र खिलाफी
पाख्रिबास ४ कसेनी , धनकुटा
हाल:रेगिस्तान,
