झुठ्ठो जाली स्वार्थी माया, लाउनु के अर्थ ?
ठगी चोरी केही कुरा, पाउनु के अर्थ ?
सधै हुनु पर्छ मन पवित्र मान्छेको,
पाप गरी मन्दिरमा, धाउनु के अर्थ ?
आकाश धर्ती झै बनी, फाटेपछि पनि,
एक अर्कालाई भो सताउनु के अर्थ ?
हुदैन जलन कम, मन भित्र मेरो,
पिर ब्यथा गजलमा, गाउनु के अर्थ ?
समयले नेटो काटी सक्यो अब यहाँ,
लगन पछि त्यो पोते, ल्याउनु के अर्थ ?
रेगिस्तान
धनकुटा
हाल, दोहा कतार
