Skip to content

खुशी थिए तिमीलाई

  • by


खुशी थिए तिमीलाई, दिलभित्र राख्दा
मेरै हौ भनी मैले, देवी देउता भाक्दा

घात पीडा सिवाय अरु के पाए मैले?
सबथोक भुली आज, तिम्रो पछी लाग्दा

सुने पनि नसुने झै, गर्छौ आज किन
माया प्रेम गरी मैले, तिमीलाई डाक्दा

आखिर मागेको थिइन, प्राण नै मैले
किन साथ छोडै तिम्ले, चोखो माया माग्दा

खगेन्द्र खिलाफी

Leave a Reply

Your email address will not be published. Required fields are marked *