Skip to content

चर्को घाटाहरू


आँसुमा डुब्छ सधैं मनका सबै पाटाहरू
अनयासै फुकाइ दियौ मायाका गाठाहरू

तिमीले साथ छोडेपछि दोधारमा परेको छु
यता कि उता जाऊँ म, धेरै भेटे बाटाहरू

रात दिनै काम गरे नि कमाउन गाह्रो छ
परदेशमा छैन बरै पैसाका टाटाहरू

हेर्छु जान्ने बुझ्ने सक्ने सधैं सधैं अघि यहाँ
जहिले पनि पछाडि निर्धा अनि लाटाहरू

बाच्नै पर्ने रहेछ यो संसारमा जसो तसो
धेरै सहें जिन्दगीमा मैले चर्को घाटाहरू

खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा

1 thought on “चर्को घाटाहरू”

  1. खिलाफीजीको अर्को धमाका गजल
    खिलाफीजीको अर्को धमाका गजल पढ्नमा पाइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *