Skip to content

चितामा कसे जस्तो लाग्छ

  • by


आँसुको भवसागरमा पसे जस्तो लाग्छ
आफ्नै घरमा बनीबास बसे जस्तो लाग्छ

चोट व्यथा पीडा म सहँदैछु जसो तसो
तर मुटुमा तिखो छुरा धसे जस्तो लाग्छ

न टेक्ने न समाउने कुनै ठाउँ छ मेरो
तारे भीरमा जिन्दगी नै खसे जस्तो लाग्छ

खुसीको एक पल छैन यो अभागीलाई
बैगुनीको यादले सधै डसे जस्तो लाग्छ

मरिसक्यो बाँच्ने रहर खिलाफीको अब
त्यसैले जिउँदै चितामा कसे जस्तो लाग्छ

खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *