सत्ता कुर्सीले नेताको ध्यान खिचेकै छ
देशको सम्पति बेकारमा घिचेकै छ
भ्रण्टचार गरी देश रित्तो पारिसके
जन्मदै हामीलाई रिनले थिचेकै छ
निर्धा निमुखाको जिउने आधार छैन
हेर्छु म अग्लाले होचालाई किचेकै छ
सार्वभौम स्वाधीनताको कुरा नगर
दिन दाहडै देशको सीमा मिचेकै छ
देश रुँदा खिलाफी कहाँ हाँस्न सक्छु र?
आँसुले सधैं नै गह मेरो भिजेकै छ
खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
wawooooooo realistic n very
wawooooooo realistic n very hearttouching gazal thanks for ti.