सच्चा ब्यक्तित्वको नाउ कहीं छैन
चोखो पिरतीको, गाउ कहीं छैन ।
दिन रात रुन्छु, घरी घरी एक्लै,
बह पोख्ने यहाँ, ठाउँ कहीं छैन ।
छट्पटिन्छु अति, मरेतुल्य बनी,
मुटु दुख्छ धेरै, घाउ कहीं छैन ।
स्वार्थी दुनियाँमा, आजकाल साथी,
साच्चै जिन्दगीको, भाउ कहीं छैन ।
मध्यरात बिच, तिम्रो गला रेट्ने,
खिलाफीको कुनै, दाउ कहीं छैन ।
रेगिस्तान
