जसरी नि अर्को भाइटिकामा आउँला चेली
त्यसै बेला देउसे भैलो पनि गाउँला चेली
सप्तरङ्गी टिका सयपत्री मखमलीको माला
थाती राख अर्को भाइटिकामा लाउँला चेली
हर्ष उल्लास झैं झिलिमिलि दिपावली गर्दै
एकै साथमा हामी फन्के रोटी खाउँला चेली
कुल्चेर धर्म संस्कार अनर्थ हुँदैछ देशमा
सबको भलो सोचेर मन्दिर जाउँला चेली
परदेश अब कहिल्यै भो जान्न एक्लै हुन
देश मै बसी दु:ख सुख बाँडी रमाउला चेली
खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
हाल दोहा कतार
तस्बीर: फलानो डट कम