मेरो छातीभित्र तिम्रो मुटु, फेर्न मन लाग्छ
माया गरी, सधैं अङालोमा, बेर्न मन लाग्छ
मबाट, कहिल्यै पनि तिमी टाढा नहुनु ल
तिमीलाई, सधैं मेरै सामु, हेर्न मन लाग्छ
पराइको, हुन्छौ भन्ने धेरै डर, लाग्छ र नै
मायाको पर्खाल हाली सधै, घेर्न मन लाग्छ
बाच्न सक्दिन तिमी बिना म एक्लै यहाँ अब
तिम्रो नाम जपि आफ्नै गला, सेर्न मन लाग्छ
खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
हाल दोहा कतार
