Skip to content

गहमै यी आँसु


गहमै यी आँसु, अटाउदैछु म
मुश्किलमा ज्यान, खटाउदैछु म

नसोध खबर, परदेशीको तिमी,
रुँदै दिन यहाँ, कटाउदैछु म

दिनरात ज्यान, जोखिममा राखी,
दुई चार पैसा, पठाउदैछु म

कर्म खोटो रैछ, यो जीवनबाटै,
सबै चाह खुशी, हटाउदैछु म

छैन उपलब्धी, बेकारमा बसी,
आफ्नो आयु मात्र, घटाउदैछु म

खगेन्द्र खिलाफी राई
पाख्रिबास, धनकुटा
हाल – रेगिस्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *