रोएर जिन्दगानी आघातमा रमायो
हाँसो खुसी नहेर्दै औकातमा रमायो
मुस्कान भो कथा झैं साथी छ आँसु धारा
कैले छ धूप कैले वर्षातमा रमायो
आत्मीयता हरायो खोजिन्छ वस्तु अहिले
निस्सार चाकडी वा सौगातमा रमायो
थाक्यो शरीर सारा मिल्दैन शान्ति काहीं
हेर्दै अनेकताको वारदातमा रमायो
भो मूक झैं अवस्था फुट्दैन आज बोली
आमा दिदीहरूको हातपातमा रमायो
जो छैन शक्तिशाली गाह्रो छ बाँच्न उस्ले
रोजै मरे सरी भै यै थातमा रमायो
(मुजारे मुसम्मन अखरव)
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
