Skip to content

भरोसा हराए दुख्यो देश


भरोसा हराए दुख्यो देश ऐले
कसम धर्मराए दुख्यो देश ऐले

कुलक्षण भयो देशवासी सबैमा
हुकेचील कराए दुख्यो देश ऐले

रुँदैछन् प्रतिज्ञा कुनामा बसेर
अहित तर्खराए दुख्यो देश ऐले

कहाँ हो कहाँ हो पुग्यो सम्विधान
कपट बर्बराए दुख्यो देश ऐले

चुँडे बागका फूल भो सर्बनाश
र साँढे चराए दुख्यो देश ऐले

न भो रोजगारी न भो क्यै विवेक
कुशल मन डराए दुख्यो देश ऐले

निशाचरहरूले भुले आज निष्ठा
विचल्ली गराए दुख्यो देश ऐले

छन्द:- भुजङ्गप्रयात
(बहरे मुतकारिब मुसम्मन् सालिम)
कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:- न्युयोर्क, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *