Skip to content

छिमेकी छ लुच्चो


छिमेकी छ लुच्चो दियो लात धेरै
सधैँ गर्न थाल्यो खुराफात धेरै ll

छुरी तीक्ष्ण धस्दा दुख्यो भित्र हाम्रो
मिलेको छ धोका तथा घात धेरै ll

लगी स्रोत सारा भयो ऊ उज्यालो
खपी याँ अँध्यारो बिते रात धेरै ll

चुँडाल्यो सदीऔं पुरानो मितेरी
भयो वैर ऐले गर्यो बात धेरै ll

नराखौँ भरोषा छ त्यो धुन्धुकारी
छिटै मिल्छ खोजे सफा हात धेरै ll

सबैले बुझ्यौँ दुष्ट को हो र कस्तो
न चित्तै छ ठूलो न औकात धेरै ll

कोमल भट्ट,
पुरानो नैकाप ,काठमाडौँ
हाल :-रोचेस्टर,न्युयोर्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *