Skip to content

नठान साथी हो


नठान साथीहो, खुसीले जिएको
छ आँसु आँखामा, नदी भै बगेको

न बन्धु छन् मेरा, न कोही हितैषी
विभिन्न पीडा छन्, बलैले सहेको

चिरिन्छ छाती यो, प्रवाशी हुनाले
भएँ म कैदी झैं, थुनामा परेको

स्वदेश सम्झेरै, सधैँ भो भकानु
धुँदै छु रातोदिन्, सिरानी भिजेको

यहाँ छु बाँचेको, मरेको सरी भै
रहेछ भावीले, यही नै रचेको

यथार्थ भोगेको, सुनाएँ न ढाँटी
सकिन्न लेखेरै, कथा यो दुखेको

निकै छ साँचेको, शुभेच्छा मनैमा
फिरेर देशैमा, गरौँला सकेको

(सूत्र :- ISI SSS ISS ISS)
कोमल भट्ट
komapbhatta@yahoo.com
पुरानो नैकाप, काठमाडौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *