नयाँ वर्ष ! नेपालीलाई, हँसाउन आउनु तिमी
घरै पिच्छे सुख शान्ति, बनाउन आउनु तिमी
धेरै जना पिल्सेकाछन्, रोग, भोक, अशिक्षाले
गरिबी र वेरोजगारी, हटाउन आउनु तिमी
ज्यानै लिन आँटिसके, महँगी र अभावले
सुविधा र राहत बोकी, बचाउन आउनु तिमी
अन्याय र अत्याचारले, व्याप्त भयो जताततै
हत्यारा र वलात्कारी, धपाउन आउनु तिमी
ओझेल पर्यो सम्विधान, स्वार्थी हुँदा नेता सबै
नैतिकता र देश भक्ति, बताउन आउनु तिमी
छाडातन्त्र जस्तै भयो, अनुशासन छैन अब
कर्तव्य र जिम्मेवारी, सिकाउन आउनु तिमी
शासनयन्त्र ध्वस्त भयो, फोहर, मैला थुप्रिनाले
गङ्गा बन्दै विकृतिलाई, बगाउन आउनु तिमी
विमारीले ग्रस्त पार्दा, सुत्न लाग्यो देश हाम्रो
उपयुक्त उपचारले, ब्यूँझाउन आउनु तिमी
कति दुख्नु देशवासी, बन्द हड्ताल खप्दा खप्दै
दुर्गन्धी भो राजनीति, सच्याउन आउनु तिमी
सद्भावको ‘कोमल’ सन्देश, बाँड्नु सारा आँगनीमा
“शुभेच्छा” र न्यानो माया, फैलाउन आउनु तिमी
कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:- न्युयोर्क, अमेरिका

Happy new year 2072 Komal
Happy new year 2072 Komal Bhatta jee.
–
Happy New year
2072
“To you
and Your Family”
I
wish
U
hapy
New
Year
२०७२