Skip to content

कति राम्री जन्मभूमि

  • by


कति राम्री जन्मभूमि ! नामै प्यारो लाग्छ सधैँ
रीति- रिवाज संस्कृति र धामै प्यारो लाग्छ सधैँ

मुटु भरि छचल्किँदा सम्झना र माया मात्रै
आफ्नै घरका दलिन, निदाल थामै प्यारो लाग्छ सधैँ

आँखा भित्र नाचिराख्ने हिमालकै सेरो फेरो
सगरमाथा टल्किएको घामै प्यारो लाग्छ सधैँ

लोभै लाग्ने चाड पर्व सबै मिली मनाउँदा
आत्मीयता, आशिर्वाद र खामै प्यारो लाग्छ सधैँ

डाँडा काँडा उकाली र ओरालीमा हिंड्दा खेरि
चारैतिर हरियाली ठामै प्यारो लाग्छ सधैँ

दिन रातै मिहेनतले झारा पर्म गर्दा पनि
“कोमल” मन बोकेका छन् कामै प्यारो लाग्छ सधैँ

कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:-न्युयोर्क, अमेरिका
१६ मार्च, २०१३

Leave a Reply

Your email address will not be published. Required fields are marked *